आऊँ विनीता राईलाई बचाऔं

0
1747
एक्टिभिस्ट एवं शोधार्थी विनीता राई।

विनीता राई एकजना एक्टिभिस्ट र जेएनयूकी शोधार्धी हुन्। उनलाई कतिले नामले चिन्छन् त कतिले कार्यमार्फत। उनी पछिल्लो गोर्खाल्यान्ड आन्दोलनअवधि दिल्लीमा एक चर्को आवाज थिइन्। त्यस्तै दार्जीलिङ पहाड़, तराई-डुवर्सका चियाश्रमिकहरूको अधिकारका लागि लड़्ने एक जुझारू कार्यकर्ता पनि हुन्। यद्यपि अहिले उनलाई तपाईं-हाम्रो सहयोगको खाँचो छ। त्यसैले आऊँ हामी विनीतालाई सहयोग गरौं। उनलाई हामी सबै मिलेर बचाऔं।

सहयोगका लागि अनुरोध

आज हामी एक दुर्भाग्यपूर्ण र चुनौतीपूर्ण क्षणमा उभिएका छौं। किनभने हाम्रा एक साथी गम्भीर रूपले बिरामी छन्। उनी अहिले जीवनका लागि लड़िरहेकी छन्।

गह्रौं मन बनाएर हामी तपाईँहरूलाई सूचित गरिरहेका छौं, गोर्खा स्टुडेन्स जेएनयूकी शोधार्थी विनीता राई अहिले नयाँ दिल्लीको साकेतस्थित म्याक्स सुपर स्पेशलिटी अस्पतालको आईसीयूमा भर्ती छिन्।

खरसाङ तीनधारे निवासी विनीता राई वर्तमानमा सेन्टर फर् इनर एशियन स्टडिज, जवाहरलाल नेहरू विश्वविद्यालयकी शोधार्थी हुन्। उनी सिक्किम विश्वविद्यालयकी भूतपूर्व विद्यार्थी हुन्। विनीता सेप्टिसेमिआ (रक्त सङ्क्रमण)-बाट पीड़ित छिन्। यसले मुटु र फोक्सोमा आक्रमण गर्ने हुनाले अहिले उनी जीवनका लागि सङ्घर्ष गरिरहेकी छन्। विनीता 8औं दिनदेखि आईसीयूमा छिन्। पछिल्ला तीनदिनदेखि उनी भेन्टिलेटर सपोर्टमा छिन्। अस्पतालको बिल/खर्च प्रतिदिन अत्यधिक बढ़िरहेको छ। अन्तरिम बिलका अनुसार उनको उपचार खर्च 30 लाखभन्दा अधिक लाग्नसक्छ।

यसैले हामी विनम्रतापूर्वक सबैसँग विनीताको उपचारार्थ सहयोगका लागि आर्थिक सहयोगको अपील गर्दछौं। यस्ता क्षणमा तपाईंहरूको सहयोग सबैभन्दा महत्त्वपूर्ण छ। किनभने हामी उनको गम्भीर स्थितिबाट अत्यधिक व्यथित छौं। यसका साथै प्रतिदिन बढ़िरहेको मेडिकल बिलको कारण आर्थिक समस्या महसुस गरिरहेका छौं। अत्यधिक खर्च लाग्ने भएकोले विनीताको उपचारमा हामीले तपाईंहरूको सहयोगको आशा साँचेका छौं।

यसैले हामी विनीता राईकी आमा सबिता राईको ब्याङ्क खाताको विवरण साझा गरिरहेका छौं। तपाईंहरूले गर्नुभएको आर्थिक सहयोग हामी विनीताको उपचारमा खर्च गर्नेछौं। साथै तपाईंहरूले गर्नुभएको सहयोगको विवरणबारे जानकारी गराउँदै नाम, राशि र ट्रान्जेक्शन रिसिप्ट 8375988725 नम्बरमा पठाइदिने अनुरोध गर्दछौं। ताकि तपाईंहरूको गर्नुभएको सहयोगको विवरणको लेखाजोखा हामी राख्नसकौं।

यदि तपाईंहरूलाई विनीता बिमारी, र उपचारबारे कुनै प्रकारको जिज्ञासा र प्रश्न भए 8826910655-मा सम्पर्क गरी सचिनमार्फत जानकारी लिन सक्नुहुनेछ।

ब्याङ्क खाताको जानकारी

नाम- सबिता राई

Account no – 30331797324

IFSC code – SBIN0000123

हामी तपाईँहरूको सहयोगप्रति सधैँ आभारी रहनेछौं।

विनीत

गोर्खा स्टुडेन्स जेएनयू

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here