प्लान्टेशन लेबर एक्ट १९५१ संशोधन होस् : राजु विष्ट

0
1617
संसदमा बोल्दै दार्जीलिङका सांसद राजु विष्ट।

दार्जीलिङ, १० जुलाई : दार्जीलिङका सांसद राजु विष्टले दार्जीलिङ तराई डुवर्सका चियाकमानहरूमा न्यूनतम रोजवृद्धि अधिनियम लागू हुनुपर्ने माग गरेका छन्।

मङ्गलवार राति संसदमा बोल्दै उनले यस्तो माग गरेका हुन्। ‘बजेटमा श्रमिक सुधारको ठूलो कुरा भएको छ। मेरो क्षेत्र दार्जीलिङ, तराई डुवर्सलगायत छेउछाउका क्षेत्रहरूमा करिब तीनसय साना-ठूला चियाकमान छन्’, उनले थपे, ‘यद्यपि अत्यन्त विकट परिस्थितिमा त्यहाँका चियकमानहरू छन्। किनभने सबैतिर न्यूनतम रोजवृद्धि लागू छ, तर त्यहाँका चियाकमानहरू यो लागू छैन। आज पनि त्यहाँका चियाकमानहरूमा काम गर्ने श्रमिकहरूले केवल १७६ रुपियाँ दैनिक रोज पाउँछन्। त्यति पैसाले उनीहरूलाई न खान पुग्छ न त नानीहरूलाई पढ़ाउन नै।’

यसका साथै विष्टले प्लान्टेशन लेबर एक्ट १९५१ –लाई संशोधन गर्नुपर्ने माग गरेका छन्। ‘अङ्ग्रेज भइसके तर अङ्ग्रेजकै कानून अझै त्यहाँका चियाश्रमिकहरूमाथि थोपिँदैछ’, उनले भने।

अर्कोतिर यी सांसदले सरकारको स्टडी इन् इन्डियाको थालनी दार्जीलिङबाट शुरुबाट शुरु गरिनुपर्ने माग गरे।­ दार्जीलिङ अहिले पनि एडुकेशन हब रहेकोले तथा यहाँ विदेश विशेषगरी म्यान्मार, लाहोस, कम्बोडिया, थाइल्यान्ड तथा इन्डोनेशियाजस्ता देशका विद्यार्थीहरू दार्जीलिङ आएर पढ़्ने गरेकोले सरकारले दार्जीलिङबाटै स्टडी इन् इन्डियाको योजना थालनी गर्नुपर्ने सांसद राजु विष्टको छ।

उनले आफ्नो संक्षिप्त सम्भाषण समाप्त गर्नअघि वरिष्ठ साहित्यकार डा. लक्खीदेवी सुन्दासको चर्चित कविता ‘उत्सर्ग’-का चार पङ्क्तिलाई नेपाली र हिन्दी भाषामा पठन गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here