नयाँदिल्ली, १० जुलाई : अल इन्डियन फुटबल फेडरेशन (एआईएफएफ)-मार्फत् दिइने वर्षका सर्वश्रेष्ठ खेलाड़ी सुनिल छेत्रीले जितेका छन्। उनले रेकर्ड छैटौंपटक यो पुरस्कार प्राप्त गरेका हुन्।
टीम इन्डियाका कप्तान एवं स्टार स्ट्राइकर सुनिलले यसभन्दा अघि २००७, २०११, २०१३, २०१४ र २०१७ मा पनि यो पुरस्कार जितिसकेका थिए।
वर्षका सर्वश्रेष्ठ खेलाड़ी छनोट भएपछि छेत्रीले भने, ‘आईएसएल र आई-लिगका प्रशिक्षकहरूले मिलेर चयन गरेकोले पनि यो पुरस्कार मेरा लागि थप महत्त्वपूर्ण छ। क्लबका साथीहरू प्रशिक्षक, साथी खेलाड़ीहरू राष्ट्रिय टीमका स्टाफहरू म आभार प्रकट गर्दछु।’
सुनिल अहिले उच्च फर्ममा छन्। ताजिकिस्तानविरुद्ध उनले दुई गोल गरेका थिए। यद्यपि यो म्याचमा भारत २-४ गोलअन्तरले पराजित बन्यो।
१०९ अन्तर्राष्ट्रिय खेलमा उनले ७० गोल गरिसकेका छन्। सुनिल वर्तमानमा एक्टिभ इन्टरनेशनल खेलाड़ीहरूमा सर्वाधिक गोल गर्ने दोस्रो खेलाड़ी हुन्। गोलको मामिलामा सुनिल अर्जेन्टिनी स्टार लियोनल मेस्सीभन्दा अघि छन्। मेस्सीले अहिलेसम्म १३६ खेलमा ६८ गोल गरेका छन्।
पहिलो स्थानमा पोर्तुगेली गोल मशिन क्रिस्टियानो रोनाल्डो छन्। उनले १५८ खेलमा ८८ गोल गरिसकेका छन्। त्यसैगरी आशालता देवीले वर्षकी सर्वश्रेष्ठ महिला खेलाड़ीको पुरस्कार प्राप्त गरेका छन्।