तीनधारे, १० जुलाई : तीनधारेस्थित कोल्टे गोलाईमा मङ्लबार राति गएको पैह्रोले उमेश तामाङको घर र बाइक पूर्ण रूपले पुरेको छ। यद्यपि पैह्रोको आशङ्काले हिजो उनको परिवार आफन्तको घरमा सुतेकोले पैह्रोबाट जोगिएको बताइएको छ।
जानकारीका अनुसार हिजो राति करिब साढ़े एक बजेतिर स्थानीय विजय तामाङको घरको आँगनबाट गएको पैह्रोले उमेश तामाङको घर र बाइकलाई पूर्ण रूपले पुरेको हो। यसका साथै पैह्रोकै कारण उमेश तामाङको ट्रकलाई पनि क्षति पुगेको छ।
माथिबाट झरेको पैह्रो राष्ट्रिय राजमार्ग ५५ मा थुप्रिएकोले यातायात बाधित बनेको छ। विभागले सड़कमा थुप्रिएको पैह्रोलाई हटाउने कार्य गरिरहेको छ।
अर्कोतिर आँगनबाटै पैह्रो झरेपछि विजय तामाङको घर जोखिममा परेको छ। जानकारीका अनुसार उनको पक्की घर भर्खेरै मात्र बनाएको हो। तामाङको घरसहित छेउछाउका अन्य चार-पाँच घर पनि पैह्रोको जोखिममा परेका छन्।
यसैबीच खण्ड विकास कार्यालय र पञ्चायतमार्फत् पैह्रोग्रस्त क्षेत्रको भ्रमण-निरीक्षण गरी क्षयक्षतिबारे जानकारी लिइएको छ थाह लागेको छ।