सोनाक्षीविरुद्ध मुद्दा

0
1703
सोनाक्षी सिन्हा (फोटो साभार-इन्टरनेट)।

धोकाझड़ीको मामिला दर्ता भएपछि अभिनेत्री सोनाक्षी सिन्हा समस्यामा परेकी छन्। सोनाक्षीविरुद्ध उत्तर प्रदेशको कटघर पुलिस थानामा भारतीय दण्डसंहिताको धारा 420 र 406 अन्तर्गत मामिला दर्ता भएको छ।

उनलाई खोज्दै यूपी पुलिस बिहीबार मुम्बई जुहुस्थित रामायण बङ्ग्लो पुगेका थिए, तर पुलिसले सोनाक्षीलाई त्यहाँ भेटेन।

जानकारीका अनुसार सन् 2018 मा सोनाक्षीले स्टेज परफर्मेन्सका लागि 24 लाख लिएकी थिइन्। यद्यपि पैसा थापेर उनी स्टेज परफर्मेन्सका लागि पुगिनन्। यसै विषयमा उनीविरुद्ध धोकाधड़ीको मामिला लागेको हो।

पुलिसका अनुसार मुरादाबाद जिल्लाको कटघर थाना क्षेत्रको शिवपुरी निवासी प्रमोद शर्माले गत वर्षको 24 नोभेम्बरको दिन मुरादाबादका अतिरिक्त पुलिस अधीक्षकसँग उजुरी गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here