एनआरसीविरुद्ध कविता लेख्ने १० जनाविरुद्ध प्राथमिकी दर्ता

0
1022
साङ्केतिक तस्वीर (साभार- इन्टरनेट)।

गुवाहाटी, १३ जुलाई : असममा राष्ट्रिय पञ्जीकरण (एनआरसी) विरुद्ध कविता लेखेको आरोपमा १० जनाविरुद्ध प्राथमिकी दर्ता गरिएको छ। प्राथमिकी असमका दुईवटा थानामा दर्ता गरिएको छ।

एक भाजपा नेताले असमेली समुदायलाई ‘जेनोफोबिक’-को रूपमा बदनाम गर्ने कोशिश गरिएको आरोप लगाएका थिए। कविता ‘अलजजिरा’-मा प्रसारित गरिएको थियो। प्राथमिकी दर्ता भएपछि  आरोपी साहित्यिक संस्थाका प्रमुखले सार्वजनिक रूपमा माफी मागेका छन्।

गुवाहाटीनिवासी पत्रकार प्रणवजीत डोलोईले १० जनामाथि एनआरसीको प्रक्रियामा बाधा पुऱ्याएको, असमेली समुदायलाई दुनियाँभरि जेनोफोबिकको रूपमा बदनाम गरेको तथा साम्प्रदायिक गड़बड़ी फैलाउन खोजेको आरोप लगाउँदै प्राथमिकी दर्ता गरेका हुन्।

साथै कामरूप जिल्लामा भाजपा नेता तबीबुर रहमानले पनि प्राथमिकी दर्ता गरेका छन्। असम पुलिसले आईटी एक्ट २००० को धारा ६६ अन्तर्गत आरोपीहरूविरुद्ध मामिला दर्ता गरेको छ। यद्यपि यो मामिलामा कसै पनि पक्रा परेका छैनन्।

अर्कोतिर आरोपीहरूमध्ये एक चार-चपोरी साहित्य परिषद्का प्रमुख हफिज अहमदले आफ्ना कविताहरूका लागि सार्वजनिक रूपमा माफी मागेका छन्। ‘मेरो कविताले कसैको भावनालाई चोट पुगेको छ भने यसका लागि म सार्वजनिक रूपमा माफी माग्छु’, उनले भनेका छन्, ‘यो कविता २००६-को हो। असमको एनआरसी प्रक्रियासँग यसको कुनै लिनुदिनु छैन।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here