विनयपन्थी मोर्चामा सामेल भएर जेबी तामाङले हजारौं चियाश्रमिकलाई विश्वासघात गरेका छन्: गोरामुमो

1
985
गोरामुमो नेता अजय एडवर्ड।

दार्जीलिङ, १४ जुलाई :  विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)  सामेल भएर जेबी तामाङले हजारौं चियाश्रमिकहरूलाई विश्वासघात गरेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले बताएको छ।

उल्लेखनीय छ, गोरामुमो शीर्षस्थ नेता तथा एचपीडब्ल्यूयूका कार्यकारी अध्यक्ष तामाङ आइतबार विनयपन्थी गोजमुमोमा सामेल भए। उनीसँगै केही अन्य गोरामुमो समर्थकहरू पनि मोर्चामा सामेल भएको बताइएको छ।

मोर्चामा तामाङको सामेली विषय जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै गोरामुमो नेता वाई लामाले भने, ‘केही दिनअघिसम्म उनले चियाश्रमिकहरूलाई न्याय दिने वाचा गरिरहेका थिए। अहिले चियाश्रमिकहरूकै हक अधिकार र सहुलियतको प्राप्तिको बाटोमा अड़चन बनेर बसेको पार्टीमा सामेल भएर ती हजारौं चियाश्रमिकहरूलाई उनले ठूलो विश्वासघात गरेका छन्।’

लामाले कुनै पनि पार्टीमा जेबी तामाङ कुनै पनि पार्टीमा सामेल हुनु उनको अधिकार रहेकोले यसमा गोरामुमो पार्टीले कुनै प्रकारको प्रतिक्रिया व्यक्त नगर्ने बताए। लामाका अनुसार भोलि दिने गोरामुमो केन्द्रिय समितिको सभामा तामाङको दल त्यागबारे छलफल हुनेछ। साथै भोलि नै पार्टीले यसबारे आधिकारिक प्रतिक्रिया दिइनेछ।

अर्कोतिर गोरामुमो स्टेरिङ कमिटीका सदस्य अजय एड्वर्डले पनि जेबी तामाङ विनयपन्थी गोजमुमोमा सामेल भएकोमा आश्चर्य व्यक्त गरे। ‘हिजो अस्तिसम्म तपाईंले उनीहरू (विनय तामाङ-अनित थापाहरू)- लाई गद्दार-गद्दार भन्नु हुन्थ्यो, आज तपाईं नै गोरामुमो त्यागेर उनीहरूसँग मिल्नुभयो’, एडवर्डले भने।

उनले जेबी तामाङ पार्टीभन्दा ठूलो नभएकोले गोरामुमोले एचपीडब्ल्यूयूको नयाँ टीम बनाएर चियाश्रमिकहरूको न्यूनतम रोजवृद्धिलगायत अन्य मागका लागि सङ्घर्ष गरिरहने बताए।

यी गोरामुमो नेताले गरेको दाबीका अनुसार करिब दुई साताअघि नै जेबी तामाङले अनित थापालाई भेटिसकेका छन्। ‘एचपीडब्ल्यूयूको अध्यक्ष बनाएन भन्नु त निहुँ मात्र हो। केही दिन अघि नै उनी विनयपन्थी मोर्चामा सामेल हुन तयार भइसकेका थिए’, उनले थपे, ‘पद नपाउँदा पार्टी नै छोड़्छ भने म उनलाई शुभकामना दिन्छु। मसँग दुई-तीन अघि भेट हुँदा यो जोइन्ट फोरम पनि तोड़्छु भन्दै थिए। तर जोइन्ट फोरम तोड़्नु हुँदैन भनेर मैले नै सम्झाएको हुँ। किनभने गोर्खा जातिको हितका लागि सबै जाति एक भएर चियाश्रमिकहरूको न्यूनतम रोजका लागि अघि बढ़्नुपर्छ भनेको थिएँ।’

1 टिप्पणी

  1. Ystai manasikta bhaekahru drj.bhari chhapchhapti chhan ani ystaihrule sabai partyma post ra paisa paunchhan jun party ae pani khada laune ta uhi anta kahan hunchha jntako bhali siddhanta badalnuhos manasikta badalnuhos taba kehi hola tak pare tiwari natra gotame bhaneko jsto manasikta liera kahilyai jati unbho lagdaina

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here