दुईवटा अज्ञात शव बरामद, भोलिदेखि खोजी कार्यमा नौसेना खटिने

0
1731
खोजी कार्यका लागि आइपुगेका नौसेनाका दुई अधिकारी।

सिलगढ़ी, १६ जुलाई : टिस्टा नदीमा बेपता बनेका दुई पर्यटक र इनोभाका चालकको खोजी कार्यका लागि नौसेनाका दुई अधिकार बुधवार सिलगढ़ी आइपुगेका छन्। विशाखापत्तमबाट आजै आइपुगेका उनीहरू सोझै बाघपुल नजिक पुगेर दुर्घटनास्थलको निरीक्षण गरे। उनीहरूले खोजी कार्य शुरु गर्नअघि आज टिस्टा नदीको निरीक्षण गरे। दुवैले एनडीआरएफका अधिकार एवं जवानहरूसँग कुराकानी गरे। जानकारीका अनुसार नौसेनाका यी दुई अधिकारीले भोलिदेखि खोजी कार्य शुरु गर्नेछन्।

यसैबीच जलपाइगढ़ीको मालबजारस्थित टिस्टा क्यानलको ११ नम्बर गेटबाट दुईवटा सड़िसकेको शव पानीमा तैरिरहेको भेटिएको छ।

यी दुईवटा शव इनोभा दुर्घटनापछि बेपता बनेका मानिसहरूकै हुनसक्ने धेरै मानिसले अनुमान लगाएका छन्। यद्यपि शव पीड़ित परिवारपक्षले चिह्नित गरेपछि मात्र शव कसको हो भन्ने कुरा निश्चित हुनेछ। किनभने शवको अवस्था हेर्दा धेरै पुरानो हुनसक्ने आशङ्का पनि छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here