नयाँ दिल्ली, २० जुलाई : दिल्लीकी पूर्व मुख्यमन्त्री एवं कङ्ग्रेसकी दिग्गज नेतृ शीला दीक्षितको निधन भएको छ। मिडिया रिपोर्ट्सका अनुसार आज अपराह्न उनको निधन भएको हो।
शीला दीक्षित ८१ वर्षकी थिइन्। उनी सन् १९९८ देखि २०१३ सम्म दिल्लीकी मुख्यमन्त्री रहेकी थिइन्। जानकारीका अनुसार उनी लामो समयदेखि बिमारी थिइन्। वर्तमानमा उनी दिल्ली कङ्ग्रेसकी अध्यक्ष पदमा थिइन् ।
जानकारीका अनुसार उनले हिजै मात्र गम्भीर अवस्थामा फोर्टिस हार्ट इन्स्टिट्युटमा भर्ती गरिएको थियो। पछिल्लो वर्ष मात्र उनको फ्रान्समा हार्ट सर्जरी भएको थियो। हालै सम्पन्न लोकसभा चुनाउमा उनी उत्तर-पूर्वी दिल्लीबाट चुनाउ लड़ेकी थिइन्, यद्यपि दीक्षित चुनाउ हारिन्।