डीएचआरको विश्व धरोहरको मान्यता खोसिने खबर गलत : डीआरएम

0
1197
डीएचआरको भ्रमणमा आएका डीआरएम आरके वर्मा।

खरसाङ, 20 जुलाई : युनेस्कोले दार्जीलिङ हिमालयन रेलवे (डीएचआर)-लाई दिएको विश्व धरोहरको मान्यतालाई खोस्नसक्ने खबरलाई एनएफ रेलवेको कटिहार डिभिजनका डीआरएम आरके वर्माले निराधार र गलत बताएका छन्।

दार्जीलिङ हिमालयन रेलवेको परिभ्रमणमा आएका डीआरएम वर्माले डीएचआरले सन् 1999 सालमा  पाएको विश्व धरोहरको मान्यता गुमाउनसक्ने सम्बन्धित खबरलाई गलत बताएका हुन्। वर्माले आज डीएचआरका विभिन्न रेलवे स्टेशनलगायत तीनधारेस्थित रेलवे कारखाना (तीनधारे लोकोमोटिभ वर्कशप)-को भ्रमण गरे। तीनधारे वर्कशपको अवस्था देखेर उनी क्षुब्ध बने। विशेषगरी वर्कशपभित्रको फोहोर मैला र दुरवस्थाप्रति वर्माले असन्तुष्टि व्यक्त गरे।

“वर्कशपलाई कसैले ध्यान नदिएकै कारण जहीं त्यहीं फोहोर मैला थुप्रिएको हो”, डीआरएमले भने। ठाउँ-ठाउँमा थुप्रिएका फोहोर मैलासँगसँगै कतिपय कमीकमजोरीलाई लिएर पनि उनले असन्तुष्टि व्यक्त गरे। यसका साथै चाँड़ै वर्कशपको मरम्मती कार्य शुरु गरिने बताए।

उल्लेखनीय छ, वर्कशपको यस्तो अवस्थामा विभागीय लापरवाही सबैभन्दा प्रमुख दायी हो। विभागले बेवास्ता गरेकै कारण वर्कशपलगायत डीएचआरका धेरै सम्पत्तिहरूको अवस्था अहिले सोचनीय बनेको गुनासो धेरै वर्षदेखि उठ्दै आएको हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here