नगरपालिका र पञ्चायत चुनाउ ईभीएमबाट होइन, ब्यालेट पेपरद्वारा हुनेछ : ममता

0
1466
शहीद दिवस कार्यक्रमलाई सम्बोधन गर्दै ममता। फोटो- एएनआइ ट्विटर।

कोलकाता, 21 जुलाई  : बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यका नगरपालिका र पञ्चायत चुनाउ ब्यालेट पेपरद्वारा गरिने बताएकी छन्। ममताका अनुसार उनले यससम्बन्धमा चुनाउ आयोगसँग माग गर्नेछिन्। ‘2019 को चुनाउ एउटा मिस्ट्री थियो, हिस्ट्री होइन’,उनले थपिन्,  ‘भाजपाले जति सीट जित्ने दाबी गरेको थियो, त्यति नै सीट प्राप्त भयो।’

ममताले भाजपालाई धम्की दिँदै भनिन्, ‘पहिलो बङ्गालको संस्कृति सिक्नु, त्यसपछि बङ्ग्ला दखल गर्ने सपना देख्नु।’ उनले बङ्गाल शिर नझुक्ने बताइन्। ‘इञ्च-इञ्चको बद्ला लिनेछु’, ममताले भनिन्। उनले ‘उजाला’-को जाँच हुनुपर्ने तथा उजालाको पैसा फिर्ता गरिनुपर्ने बताइन्।

‘म सबै कुरा सहन गर्नसक्छु, तर बङ्गालको अपमान सहन गर्दिन’, शहीद दिवस कार्यक्रमलाई सम्बोधन गर्दै ममताले भनिन्, ‘घरमा बसेर राजनीति हुँदैन।’ उनले मानिसहरूलाई राजनीति गर्नका लागि आउने अपील पनि गरिन्। उनका अनुसार बाटोले नै बाटो देखाउनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here