सिलगढ़ी, २२ जुलाई : बाघडुग्रा नजिक बेङ्डुबीको जङ्गलमा चितुवा पिँजरामा फँसेको छ। क्षेत्रमा केही दिनअघि नै उक्त चितुवाले आतङ्क मच्चाइरहेको थियो। यसैकारण पक्रिनका लागि पिँजरा राखिएको थियो।
बेङ्डुबी चियाकमानका मालिक अमिताभ सरकारले बताएअनुसार उक्त चितुवाले क्षेत्रमा केही दिनअघि आतङ्क मच्चाइरहेको थियो। चितुवाकै कारण श्रमिकहरू चियापत्ती टिप्न मेलोमा जान डराइरहेका थिए। चितुवाको आतङ्कबारे वन विभागलाई सूचित गरेपछि केही दिनअघि उक्त चितुवालाई फँसाउनका लागि विभागले जङ्गलमा पिँजरा राखेको थियो भने सोमबार पिँजरामा चितुवा पऱ्यो। उक्त चितुवालाई बङ्गाल सफारीमा छोड़िएको बताइएको छ।