सिलगढ़ी, 23 जुलाई : मदिरा किन्ने पैसा नदिएपछि एक मत्थुले आफ्नी पत्नीको हत्या गरेको सनसनीपूर्ण घटना प्रकाशमा आएको छ। यस्तो बीभत्स घटना नक्सलबारी क्षेत्रमा भएको हो। पत्नीले आफ्ना मत्थु पतिलाई मदिरा किन्ने पैसा दिन अस्वीकार गर्दा यस्तो घटना भएको घटेको बताइएको छ। छिमेकीहरूले हत्यारोपी उक्त व्यक्तिविरुद्ध नक्सलबारी थानामा प्राथमिकी दर्ता गरेपछि नक्सलबारी पुलिसले जोतरु किसानसाई पक्राउ गरेको छ।
घटनाका अनुसार जोतरुलाई मदिरा किन्ने पैसा दिन अस्वीकार गरेपछि पत्नी सङ्गीतालाई कुटेरै मारे। 32 वर्षीय सङ्गीता स्थानीय चियाकमानकी श्रमिक थिइन्।
पुलिसका अनुसार सङ्गीता स्थानीय किरनचन्द्र चियाकमानमा काम गर्थिन्। कामबाट घरमा आएकी उनलाई आफ्ना मत्थु पतिले सताउरहेका थिए। यसैबीच सङ्गीताले मदिरा किन्ने पैसा जोतुरुलाई दिन अस्वीकार गरिन्। मदिरा किन्ने पैसा नपाएकोले हिंसक बनेका जोतरुले आफ्नी पत्नीलाई मरिञ्जेल कुटे। बेहोश अवस्थामा ओछ्यानमा छोड़ेर मत्थु पति घरबाट बाहिरिएका थिए। मृतक सङ्गीताकी सानी बहिनीले हत्यारोपी पतिलाई कठोर सजाय दिनुपर्ने माग गरेकी छन्। स्थानीय पञ्चायत सदस्य बादल उराँवका अनुसार जोतरुलेमातेको झोकमा आफ्नी पत्नी सङ्गीतालाई मरिञ्जेल कुटेको र समयमा नै उपचारको अभावमा सङ्गीताको मृत्यु भएको बताए।