गान्तोक, 26 जुलाई : दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक एवं सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति डा. महेन्द्र पी. लामालाई सिक्किम सरकारको मुख्य आर्थिक सल्लाहकार (मानद)-को रूपमा नियुक्त गरिएको छ।
शुक्रवार जारी अधिसूचनाका अनुसार डा. लामा यो पदमा मानद तथा गैर पूर्णकालिक नियुक्तिको आधारमा रहनेछन्। अधिसूचनाका अनुसार उनले राज्यका योजना, विकास, निगरानी, मूल्याङ्कन र सुधारजस्ता मुद्दालगायत अन्य मुद्दाहरूमा सरकारलाई सल्लाह दिनेछन्।
उल्लेखनीय छ, भारत सरकारका विभिन्न एकाइमा सम्बद्ध रहेका कार्य गर्दै आएका डा. लामा 1950 को भारत-नेपाल मैत्री एवं शान्ति सन्धि पुनरावलोकन गर्न बनाइएको प्रबद्ध समितिका एकजना सदस्य पनि हुन्।