सिलगढ़ी र कोलकाताबाट साढ़े बाह्र किलो सुनसहित ७ पक्राउ

0
1392

सिलगढ़ी, २७ जुलाई : एक गोप्य सूचनाको आधारमा डाइरेक्टरेट अफ् रेभेन्यू इन्टेलिजेन्स (डीआरआई) सिलगढ़ी शाखाका अधिकारीहरूले शुक्रवार राति न्यु जलपाइगढ़ी (एनजेपी) रेलवे स्टेशनबाट ५ किलो ९७६ ग्राम विदेशी सुन जफत गरेका छन्। एउटा ब्यागमा लुकेर राखिएका ६ वटा सुनको बिस्कुटसहित चारजनालाई पुलिसले पक्राउ गरेको छ। डीआरआईका अधिकारीहरूले बताएअनुसार यति ठूलो परिमाणसहित ती चारजनालाई सरायघाट एक्सप्रेसबाट पक्राउ गरेका हुन्।

जानकारीका अनुसार सुन कोलकाताबाट गुवाहाटीतर्फ लगिरहेको थियो। पक्रा पर्नेहरूमा तीन पुरुष र एक महिला छन्। डीआरआईका अधिकारीहरूले बताएअनुसार उनीहरूले यी चारजनालाई केरकार गर्दा चारैजनाले आफूहरू कोलकाताबाट कामाख्या मन्दिर पूजा गर्न गइरहेको बताए।

डीआरआईकी उकिल चुङ्किला भोटियाले जानकारी गराएअनुसार पक्रा पर्नेहरूमा उत्तर २४ परगानाका नुतन बोरागी (२६), बापी बैरागी (२९), दमदमका आशिम सिङ्घा (३९), कुमकम सिङ्घा (३०)-लाई एनजेपी रेलवे स्टेशनबाट शुक्रवार राति सुनसहित पक्राउ गरिएको हो। पक्रा परेका चारैजनालाई आज सिलगढ़ी अदालतमा प्रस्तुत गरियो।

उनका अनुसार पक्रा परेका आरोपी व्यक्तिहरूको जमानत याचिका खारेज गरिएको छ। अदालतले उनीहरूलाई थप जाँचका लागि पुलिस हिरासतमा पठाएको छ। भोटियाका अनुसार जफत सुनको मूल्य २ करोड़ १५ लाख २६४ रुपियाँ आँकिएको छ।

भारतका उत्तर-पूर्वी राज्यहरूको मुख्य प्रवेशद्वार मानिएको सिलगढ़ी केही वर्षयता सुन तस्करीको प्रमुख बाटो बनेको छ। पछिल्ला केही वर्षयता डीआरआईका अधिकारीहरूले लगातार तस्करी गरिएको सुन जफत गर्दै आएका छन्। सूत्रका अनुसार यस वर्षको शुरुदेखि अहिलेसम्म ६२ किलोग्राम सुन जफत गर्नका लागि दर्जनौं मानिस पक्रा परिसकेका छन्।

अर्कोतिर गोप्य सूत्रका अनुसार केन्द्रिय राजस्व गुप्तचर विभागका  डीआरआईका अधिकारीहरूले कोलकाताका भीआईपी रोडबाट ६ किलो ५०० ग्राम सुन जफत गरेको छ। यसका साथै डीआरडीका अधिकारीहरूले तीनजनालाई पक्राउ गरेका छन्।

जफत सुनको मूल्य २ करोड़ ४४ लाख बताइएको छ। पक्रा पर्नेहरूको सुजीत रक्षित, सञ्जीत रक्षित र मिलन स्वर्णकार बताइएको छ। सूत्रका अनुसार यी तीनजनाले सुन तस्करीका लागि वनगाउँबाट कोलकाता ल्याइरहेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here