बरामद शव इनोभा चालक राकेश राईको रहेको पुष्टि

0
1810
फाइल फोटो।

सिलगढ़ी, 5 अगस्त : पछिल्लो  शुक्रवार राति गजलडोबास्थित टिस्टा नदीको तटबाट बरामद भएको शव इनोभा चालक राकेश राईको रहेको पुष्टि भएको छ। शव पूर्ण रूपले सड़िसकेको र अत्यधिक  दुर्गन्धको कारण शव चिह्नित गर्नमा समस्या भइरहेको थियो।

पछिल्लो शनिवार राकेश राईका परिवारले शवलाई ठिम्याउने कोशिश गरे तापनि शव पूर्ण रूपले सड़िसकेको कारण उनीहरू अन्योलमा परेका थिए। यद्यपि त्यसबेलै राकेश राईका भाइ रविन राईले शवको उँचाइ र आकार हेरेर आफ्नो  दाजुको हुनसक्ने अनुमान अनुमान  गरेका थिए।

यसपछि राईका परिवारलाई पुनः एकपटक शव चिह्नित गर्नका लागि आइतवार उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा बोलाइएको थियो। यसपटक भने खुट्टाको औंलाको हेरेर उनीहरूले शव राकेश राईकै  हो भनेर चिह्नित गरे।

उल्लेखनीय छ, पछिल्लो जुलाई महिनाको 10 तारिख राजस्थानका  तीन पर्यटक बोकेर बाघडुग्रा हवाईअड्डाबाट गान्तोकतर्फ गइरहेको डब्ल्यूबी 73 ई 2940 नम्बरको इनोभा कार राष्ट्रिय राजमार्ग 10 अन्तर्गत बाघपुल नजिक दुर्घटनामा पर्दा चालकसहित चारजना टिस्टा नदीमा बेपत्ता बनेका थिए। यद्यपि 12 जुलाईको अमन गर्ग र दुर्घटनाको 16 दिनपछि गोपाल नरवानीको शव क्रमैले टिस्टा क्यानल र हल्दीबारीबाट बरामद भएको थियो।

यद्यपि अर्का पर्यटक गौरव शर्मा भने अझै बेपता छन्। उनको अझै टुङ्गो लाग्नसकेको छैन। अर्कोतिर राकेशका परिवार शव चिह्नित गरेपछि शवको पोस्टमर्टम गरी सोमवार परिवारलाई सुम्पियो भने आजै राकेश राईको अन्तिम संस्कार गरियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here