पहाड़मा फेरि गोर्खाल्यान्डको माग उठ्नेछ : अशोक भट्टाचार्य

1
1520
पत्रकारहरूलाई सम्बोधन गर्दै अशोक भट्टाचार्य।

सिलगढ़ी,  ६ अगस्त : जम्मू-कश्मीरबाट धारा ३७० हटाएर पूर्ण राज्यलाई विभाजन गरी दुईवटा केन्द्रशासित प्रदेश गठन गरेको सन्दर्भमा मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा) नेता एवं सिलगढ़ीका विधायक अशोक भट्टाचार्यले प्रक्रिया गरेका छन्।

उनले जम्मू-कश्मीर र लद्दाखलाई छुट्टा-छुट्टै केन्द्रशासित प्रदेश बनाइँदा दार्जीलिङ पहाड़मा छुट्टै राज्य गोर्खाल्यान्डको माग जोड़दार रूपमा उठ्ने बताएका छन्। सिलगढ़ी नगरनिगमका मेयरसमेत रहेका उनले मङ्गलवार पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो बयान दिएका हुन्। उनका अनुसार केन्द्रको यस्तो निर्णयले गोर्खाल्यान्ड आन्दोलनहरूलाई ऊर्जा प्राप्त हुनेछ।

उनले बताएअनुसार जम्मू-कश्मीर र लद्दाखलाई छुट्टा छुट्टै केन्द्रशासित प्रदेश बनाइँदा दार्जीलिङ पहाड़ र उत्तर बङ्गालमा मात्र होइन, तर देशका विभिन्न स्थानमा छुट्टै राज्यको माग उठ्नेछ।

भट्टाचार्यका अनुसार केन्द्रको यस्तो निर्णयपछि लगत्तै दार्जीलिङ पहाड़ र समतलमा गोर्खाल्यान्डलगायत कामतापुर र कोचबिहारलाई छुट्टै राज्य बनाउने माग सोशल मिडियामा शुरु हुनथालेको छ।

यसअवसरमा दार्जीलिङ पहाड़मा छुट्टै राज्य गोर्खाल्यान्डको मागका लागि भने उनले राज्यको शासक दल तृणमूल कङ्ग्रेसलाई जिम्मेवार ठहऱ्याए। तृणमूल सरकारकै गलत नीतिको कारण पहाड़मा गोर्खाल्यान्डको माग घरी घरी उठिरहेको उनले आरोप लगाए।

1 टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here