20 प्रतिशतभन्दा कम्ती दरको बोनस हामी थाप्ने छैनौं: डीटीडीपीएलयू

0
2191

दार्जीलिङ, 10 अगस्त : गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ, तराई, डुवर्स प्लाण्टेशन लेबर युनियन (डीटीडीपीएलयू)-ले पनि यसवर्ष चियाश्रमिकहरूलाई 20 प्रतिशतको दरले पूजा बोनस दिनुपर्ने माग गरेको छ। यदि मालिकपक्षले 20 प्रतिशतभन्दा कम्ती दरको पूजा बोनस स्वीकार नगर्ने बताएको छ।

उल्लेखनीय छ, यसभन्दा अघि गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-को श्रमिक सङ्गठन हिमालयन प्लाण्टेशन लेबर युनियन (एचपीडब्ल्यूयू)-ले मालिकवर्गले यसपालि चियाश्रमिकहरूलाई 20 प्रतिशतको दरले पूजा बोनस दिनुपर्ने तथा यो दरभन्दा कम्तीमा बोनस दिन चाहे, त्यसलाई कुनै पनि अवस्थामा नस्वीकार्ने बताएको थियो।

एचपीडब्ल्यूयू आफ्नो यो मागमा अडिग छ। यसका साथै गोरामुमोले  बोनस वार्ता दार्जीलिङ पहाड़मा नै हुनुपर्ने माग गरेको छ।

अर्कोतिर, एचपीडब्ल्यूयूले जस्तै डीटीडीपीएलयूले पनि 20 प्रतिशतभन्दा कम्ती दरको बोनस नथाप्ने भएको छ भने सबै प्रकारको पूजा बोनस दार्जीलिङ पहाड़मा नै हुनुपर्ने माग पनि गरेको छ।

शनिवार दार्जीलिङस्थित पार्टी कार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै डीटीडीपीएलयूका कार्यकारी अध्यक्ष जेबी तामाङले  भने, “पूजा बोनसका लागि डाकिने सबै प्रकारको बैठक दार्जीलिङ पहाड़मा नै हुनुपर्छ। यदि बोनस बैठक दार्जीलिङ पहाड़बाहिर गरिएको खण्डमा हामी भाग लिनेछैनौं। पछिल्लो वर्षमा कोलकातामा बैठकमा सामेल हुनका लागि हामी बाध्य थियौं, तर यसपालि हामी कोलकाता जानेछैनौं।”

चियाकमान र श्रमिकहरू सम्बन्धित विभिन्न मुद्दालाई लिएर डीटीडीपीएलयूले आज कोठे बैठक बसेको थियो। बैठकपछि तामाङले  पूजा बोनस र अन्य मुद्दामा लिएर डीटीडीपीएलयूको अड़ानलाई स्पष्ट पारेका थिए।

“पछिल्लो वर्ष मालिकपक्षले नोक्सान देखाएर केवल 15 प्रतिशत पूजा बोनस दिएको थियो। हामीले विरोध गरेर 15 प्रतिशत बोनसलाई स्वीकारेका थियौं। तर यसवर्ष हामी 20 प्रतिशतभन्दा कम्ती बोनस थाप्ने छैनौं”, उनले थपे, “पछिल्लो वर्ष मालिकपक्षले केवल 8.33 प्रतिशतको बोनस दिन चाहेको थियो। 104 दिनको आन्दोलनको कारण चिया उद्योगले ठूलो नोक्सानी बेहोरेको मालिकपक्षको तर्क थियो। यद्यपि तीव्र विरोधको कारण 15 प्रतिशत पूजा बोनस दिन मालिकपक्ष सहमत भएको हो।”

पहाड़का चियाकमानहरूका लागि बैठक धेरै चरणसम्म चल्ने हुनाले जतिसक्दो चाँड़ो बैठक बसिनुपर्ने पनि डीटीडीपीएलयूको माग छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here