मतिगढ़ा पुलिसले जफत गरेको प्रतिबन्धित पटेका। |
सिलगढ़ी, ३ नोभेम्बर : आगामी तिहारलाई केन्द्र गरी अनावश्यक पटेका पड़काउनेहरूमाथि अङ्कुश लगाउन पुलिसले अभियान शुरु गरेको छ।
सर्वोच्च न्यायालयले अघिबाटै पर्यावरण प्रदूषण र ज्यानमालको क्षतिलाई लिएर पटेका पड़्काउनका लागि कठोर निर्देश जारी गरिसकेको छ। यसै निर्देशलाई पालन गर्दै पुलिसले अनाश्यक पटेका पड़्काउने र प्रतिबन्धित पटेकाको बेचबिखनलाई लिएर कारबाही शुरु गरेको छ।
शनिवार यसै कारबाहीअन्तर्गत मतिगढ़ा पुलिसले गोप्य सूचनाको आधारमा एक अभियान चलाएर ठूलो परिणाममा प्रतिबन्ध पटेका जफत गरेको छ। मतिगढ़ा थाना सूत्रका अनुसार यस सम्बन्धमा दुई व्यक्तिलाई पक्राउ गरेको छ।
पक्रा परेका व्यक्तिको नाम विकास साहा र अशोक साहा रहेको पुलिसले बताएको छ। पुलिसका अनुसार मतिगढ़ा थाना क्षेत्रअन्तर्गत एक घरमा ठूलो परिणाममा प्रतिबन्धित पटेका लुकाएर राखिएको गोप्य सूत्रमार्फत् पुलिसलाई सूचना प्राप्त भएको थियो। यसै सूचनाको आधारमा पुलिसले एक अभियान चलाएर ठूलो परिणाममा प्रतिबन्धित पटेकासहित विकास साहा र अशोक साहालाई पक्राउ गरेको हो।
यो पटेका एक वाहनमा लादेर कतै लगिरहेको थियो। यसैअवधि सादा पोशाक लगाएका पुलिसकर्मीहरू त्यहाँ पुगी वाहनमा लादिएको प्रतिबन्धित पटेकासहित दुईजना पक्रे।