अरुण जेटलीको अवस्था चिन्ताजनक, लाइफ सपोर्ट सिस्टममा

0
1208
अरुण जेटली (फाइल फोटो)।

नयाँ दिल्ली, १९ अगस्त : पूर्व वित्त मन्त्री एवं भारतीय जनता पार्टीका नेता अरुण जेटलीको स्वास्थ्यमा कुनै सुधार आएको छैन। अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)-मा उनको उपचार चलिरहेको छ।

आइतवारदेखि जेटलीलाई एक्स्ट्रा कारपोरल मेम्ब्रेन अक्सिजेनेशन (ईसीएमओ) र इन्ट्रा अरोटिक बलुन पम्प (आईएबीपी) सपोर्टमा राखिएको छ।जुन बिरामीको फोक्सो र मुटुले काम  गर्न छोड़्छ, उनीहरूलाई पनि ईसीएमओ र आईएबीपी सपोर्ट सिस्टममा राखिने गरिनेछ।

६६ वर्षीय अरुण जेटली ९ अगस्तदेखि एम्समा भर्ती छन्। अर्कोतिर १० अगस्तदेखि एम्सले जेटलीको मेडिकल बुलेटिन जारी गरेको छैन। डाक्टरहरूको एक टीमले उनको स्वास्थ्यमाथि तीखो दृष्टि राखेर बसेको छ।

यसभन्दा अघि रक्षा मन्त्री राजनाथ सिंह एम्स पुगेर अरुण जेटलीको स्वास्थ्यको हालखबर लिएका थिए। उनीबाहेक केन्द्रिय मन्त्री राज्यवर्धन राठौड़, भाजपा सांसद स्वप्नदास गुप्ता र राज्यमन्त्री जीतेन्द्र सिंह पनि जेटलीलाई हेर्न एम्स पुगेका थिए।

राष्ट्रपति रामनाथ कोविन्द, गृहमन्त्री अमित शाह, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ शुक्रवार उनलाई हेर्न एम्स पुगेका थिए। शनिवार बिहारका मुख्यमन्त्री  नीतीश कुमार पनि यी पूर्व वित्तमन्त्रीलाई हेर्न एयरपोर्टबाट सोझै अस्पताल गएका थिए। अन्य नेताहरू क्रमैले केन्द्रिय मन्त्री पीयूष गोयल, जम्मू-कश्मीरका राज्यपाल सत्यपाल मलिक, कङ्ग्रेस नेता अभिषेक मनु सिङ्घवी र ज्योतिरादित्य सिङ्घिया पनि एम्स पुगेर जेटलीको स्वास्थ्यबारे जानकारी लिएका थिए। प्रधानमन्त्री नरेन्द्र मोदी, लोकसभा स्पीकर ओम बिडलाले पनि अरुण जेटलीको स्वास्थ्यबारे जानकारी लिइसकेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here