आरपी वाइबाले पाए जमानत

0
1001
आरपी वाइबा (फाइल फोटो)।

दार्जीलिङ, १९ अगस्त : विमल गुरुङपन्थी गोर्खा जनुमक्ति मोर्चा (गोजमुमो)-का वरिष्ठ नेता आरपी वाइबाले सोमवार कोलकाता उच्च न्यायालयको जलपाइगढ़ी सर्किट बेञ्चबाट जमानत प्राप्त गरेका छन्। पछिल्लो गोर्खाल्याण्डअवधि विभिन्न हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा पक्रा परेका ७९ वर्षीय वाइबा पछिल्लो दुई महिनादेखि जेलमा बन्दी जीवन बिताइरहेका थिए।

उनलाई पछिल्लो ९ जूनको दिन सिलगढ़ी गइरहेको समय बाटोबाटै पुलिसले पक्राउ गरेको थियो। आज उनले जमानत पाएका छन्। यसैले दुई महिनाको जेलबन्दी पछि अब उनी मुक्त हुने भएको हो।

जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै बचाउपक्षका उकिल आनन्द भण्डारीले बताएअनुसार उच्च न्यायालयले आरपी वाइबालाई जमानत दिएको छ। साथै रोहिणीको मुद्दामा पनि न्यायालयले उनलाई अग्रिम जमानत दिएको छ। जानकारीका अनुसार ९ जूनमा पक्राउ गरेपछि पुलिसले वाइबामाथि विभिन्न मुद्दा ट्याग गरेको थियो।

उल्लेखनीय छ, यी वयोवृद्ध नेतामाथि पुलिस प्रशासनले हिरासतमा अन्याय-अत्याचार र प्रताड़ित गरेको आरोप उठ्दै आएको थियो। दार्जीलिङका सांसद राजु विष्टले पनि वाइबालाई हिरासतमा बङ्गाल पुलिसले कुटपिट र प्रताड़ित गरेको मुद्दालाई संसदमा उठाएका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here