जीटीए रद्द गराउन गोरामुमो लागिपर्ने

0
992

दार्जीलिङ, २१ अगस्त : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-लाई रद्द गर्नुपर्ने मागमा लागिपर्ने बताएको छ। शुरुदेखि जीटीएलाई संवैधानिक र अवैध बताउँदै आएको गोरामुमोले तृणमूल स्तरदेखि जीटीए रद्द गर्नुपर्ने मागलाई अघि बढ़ाउने बताएको छ।

अहिलेघरी गोरामुमो चुङथुङ-ऋषिहाट समष्टिले ‘गाउँ पस’ र ‘घर फर्क’ कार्यक्रम शुरु गरेको छ। यस क्रममै मङ्गलवार समष्टिअन्तर्गत ६ वटा शाखालाई लिएर साङ्गठनिक सभा आयोजन गऱ्यो। शाखाका प्रतिनिधिहरूलाई लिएर आयोजन गरेको उक्त सभा स्थानीय ऋषिहाट सार्वजनिक हलमा सम्पन्न भएको थियो, जसलाई गोरामुमोको श्रमिक सङ्गठन हिमालयन प्लान्टेशन लेबर युनियन (एचपीडब्ल्यूयू)-का अध्यक्ष पाल्देन तामाङले अध्यक्षता गरेका थिए।

सभामा आउँदो २२ र २३ अगस्तको दिन मनाइने दागोपाप सम्झौता दिवस र गोर्खा नागरिकता दिवसलाई लिएर छलफल गरिएको बताइएको छ। समष्टि सभापति जेके राईले गोरामुमो केन्द्रिय कमिटीद्वारा पूर्वघोषित कार्यक्रमहरू, असंवैधानिक जीटीएलाई खारेज गरिनुपर्ने मागमा प्रत्येक प्रशाखास्तरेदेखि आवाज चर्को बनाउने, समष्टिस्तरमा हरियो झण्डा लगाउने, जीटीए रद्द गर गर्नुपर्ने मागमा प्रत्येक ब्लकहरूमा एकैचोटि बीडीओलाई ज्ञापन-पत्र चढ़ाउने आदि कार्यक्रमबारे अवगत गराए।

गोरामुमो मिडिया सेलका प्रभारी दिनेश साम्पाङले जानकारी गराएअनुसार सभामा ऋषिहाट मकैबारी प्रशाखा र खासमल शाखाबाट अन्य पार्टी त्यागेर ८  परिवार गोरामुमोमा सामेल भएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here