पाथमेकरद्वारा गरीब विद्यार्थीहरूलाई सहयोग

0
1572

सिलगढ़ी, 21 अगस्त : आर्थिक रूपले विपन्न विद्यार्थीहरूका लागि सहयोग गर्नहेतु सामाजिक सङ्गठन ‘पाथमेकर’ अघि आएको छ। पाथमेकरले आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई शिक्षाका लागि सहयोग गर्ने निधो गरेको हो।

पाथमेकरका सदस्यहरूले बुधवार मिरिक खण्डअन्तर्गत पर्ने बन्द पानीघट्टा चियाकमानमा रहेको शिशु शिक्षा केन्द्रमा अध्ययनरत् विद्यार्थीहरूलाई खाद्यान्न, कपड़ा, मच्छरदानीलगायत शिक्षाका लागि आवश्यकीय सामग्रीहरू वितरण गरे।

पाथमेकर मिडियाकर्मी र सामाजिक कार्यकर्ताहरूद्वारा गठन गरेको त्यस्तो सामाजिक सङ्गठन हो, जसले विपन्न र आवश्यकीय मानिसहरूलाई सहयोग गर्नका साथै गरीब विद्यार्थीहरूलाई शिक्षाप्राप्तिका लागि सहयोग गर्नेगर्छ।

आज एसएसके भवनमा एक कार्यक्रम आयोजन गरी विद्यार्थीहरूलाई उक्त सामग्री वितरण गरिएको थियो। यसअवसरमा पानीघट्टा पुलिस थानाका प्रभारी तपन दास, मोमोज् एण्ड ह्विलका टाशी भोटिया, स्टाइल मन्त्र युनिसेक्स सेलुनका संस्थापक सलिम प्रधान र सामाजिक कार्यकर्ता पासाङ भोटिया अतिथिको रूपमा उपस्थित थिए। उनीहरूकै हातबाट विद्यार्थीहरूलाई सामग्रीहरू वितरण गरिएको थियो।

यस सम्बन्धमा बोल्दै पाथमेकरका महासचिव प्रशान्त आचार्यले बन्द पानीघट्टा चियाकमानमा रहेको एसएसकेका चार केन्द्रमा रहेका 30 विद्यार्थीलाई आज अध्ययन सामग्री र अन्य वस्तुहरू वितरण गरिएको जानकारी गराए। विद्यार्थीहरू नियमित रूपमा स्कूल जान सकुन भन्ने उद्देश्य राखेर पाथमेकरले आज ती ससाना विद्यार्थीहरूलाई उल्लिखित सामग्रीहरू वितरण गरिएको बताए।

उल्लेखनीय छ, 2015 देखि नै पानीघट्टा चियाकमान बन्द छ। यसैले पनि उक्त चियाकमानका श्रमिकहरूको आर्थिक अवस्था दयनीय छ। जसको फलस्वरूप ती चियाश्रमिकहरूले आफ्ना नानीहरूलाई भनेजस्तो पाठशालामा न पढ़ाउन सकिरहेका छन्, न त शैक्षिक खर्च नै जुटाउन सकिरहेका छन्। यी कुराहरूलाई ध्यानमा राखेर पनि आज उक्त सामाजिक सङ्गठन सहयोगको हात बढ़ाउन अघि आएको हो।

संस्थाका सहसचिव अमर शाहका अनुसार पाथमेकरका शुभचिन्तकहरूले सामग्री सङ्ग्रहमा सहयोग गरेका थिए पानीघट्टा थानाका अधिकारी तपन दासले 30 वटा मच्छरदानी प्रदान गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here