विमल-रोशनको याचिकामाथि सुनवाइ शुरु

0
1166

सिलगढ़ी, 22 अगस्त : गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)  पहिलो खेमाका अध्यक्ष विमल  गुरुङ र महासचिव रोशन गिरीको अग्रिम जमानत याचिकामाथि बिहीवार पुनः सुनवाइ भयो। बचाउ पक्ष वकिल आनन्द भण्डारीका अनुसार यी दुई नेतामाथि लगाइएका 126 मुद्दाको सुनवाइ आगामी सोमवारदेखि पालैपालो हुनेछ। यी मुद्दाहरूको सुनवाइ मेरिट्को आधारमा हुने सूत्रले बताएको छ।

अर्कोतिर, विमल गुरुङको रिट याचिका सर्वोच्च न्यायालयले अगावै खारेज गरेकोले उच्च न्यायालयमा अग्रिम जमानतका लागि याचिका दर्ता गर्न सकिँदैन (पाइँदैन) भन्ने प्रतिवादी उकिलपक्षको तर्कलाई अदालतले अस्वीकार गरेको पनि उनले थप बताएको छ।

उकिल भण्डारीले दिएको जानकारीका अनुसार 17 जून 2017 -मा  तत्कालीन गोर्खाल्याण्ड आन्दोलनअवधि सिंहमारीमा भएको गोलीकाण्डको मुद्दामा आज आरपी वाइबा र उर्मिला रूम्बाले जमानत पाएका छन्। उनीहरूमाथि धारा 302 अन्तर्गत मुद्दा लगाइएको थियो भने पुलिसले पछिल्लो 8 अगस्तको दिन चार्जसीट दर्ता गरेको बताइएको छ।

उल्लेखनीय छ, विमलपन्थी मोर्चाका वरिष्ठ नेता आरपी वाइबा हिजोमा जमानतमा जेलमुक्त भएका थिए।   यसका साथै उनले सबै मुद्दामा जमानत पाइसकेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here