सिलगढ़ी, 23 अगस्त : सशस्त्र सीमा बल (एसएसबी)-ले भारत-नेपाल सीमा पानीट्याङ्कीबाट चीनमा निर्मित दुईवटा ड्रोन क्यामेरासहित नेपाली नागरिकलाई पक्राउ गरेको छ।
जानकारीका अनुसार एसएसबी 41औं बटालियनका जवानहरूले नियमित जाँचकार्यअवधि अवैध रूपमा नेपालबाट भारत छिराइरहेको दुईवटा ड्रोनसहित झापा काँकरभिट्टानिवासी सन्तोष न्यौपानेलाई पक्राउ गरेका हुन्।
नेपाली नागरिकले कुन उद्देश्यले दुईवटा ड्रोन अवैध रूपमा भारत छिराइरहेका थिए? उनको योजना के थियो भन्नेबारे छानबिन र केरकार चलिरहेको बताइएको छ। एसएसबीले पक्रा परेका युवक र ड्रोनलाई कस्टम अधिकारीहरूका हातमा सुम्पेको छ। एसएसबी सूत्रका अनुसार ड्रोनको मूल्य करिब दुई लाख रुपियाँ बताइएको छ।