सिलगढ़ी, २४ अगस्त : फाँसीदेवा ब्लकअन्तर्गत पर्ने विधान नगरबाट पुलिसले ३० किलो गाँजासहित चारजना व्यक्तिलाई पक्राउ गरेको छ। पुलिसका अनुसार एक गोप्य सूचनाको आधारमा शुक्रवार राति मध्य फाँसीदेवामा एक अभियान चलाएर ३० किलोको गाँजा चारजना व्यक्तिलाई पक्राउ गरिएको हो।
एउटा चार चक्के वाहनलाई रोकेर तलाशी लिँदा सीट मुनि लुकाएर राखेको अवस्थामा उक्त गाँजा बरामद भएको थियो। पुलिसले गाँजासँगै वाहन जफत गर्नका लागि बाबुई घोष, मलय घोष, अजीत बर्मन र खेगन हल्दारलाई पक्राउ गरेको छ। पुलिसका अनुसार यी चारैजना आरोपीले उक्त गाँजालाई कोचबिहारबाट मालदामा तस्करीका लागि लगिरहेका थिए।