७५० ग्राम ब्राउन सुगरसहित दुई युवक पक्राउ

0
1030
एसएसबीले जफत गरेको ब्राउन सुगर।

सिलगढ़ी, २५ अगस्त : सशस्त्र सीमा बल (एसएसबी)-को ४१औं बटालियनका जवानहरूले ७५० ग्राम ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेका छन्।  एसएसबी सूत्रका अनुसार गोप्य सूचनाको आधारमा एक अभियान चलाएर बिहार किशनगञ्जनिवासी सौरभ कुमार शर्मा र मोहम्मद सञ्जुर अलीलाई पक्राउ गरिएको हो।

एसएसबी जवानहरूले खोरीबाड़ी बस स्ट्याण्ड नजिक दुवै युवकलाई रोकेर तलाशी लिँदा ब्राउन सुगर बरामद भयो। बरामद ब्राउन सुगरको ओजन ७५० ग्राम बताइएकतो छ। जसको मूल्य अनुमानित पौने चार करोड़ आँकिएको छ। एसएसबीले बरामद ब्राउन सुगरसहित दुवै आरोपीलाई खोरीबारी थानामा सुम्पिएको छ।

दुवै आरोपी ब्राउन सुगर तस्करलाई आज सिलगढ़ी अदालतमा प्रस्तुत गरियो। अदालतले दुवैलाई हिरासतमा पठाएको बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here