शहीद राजीव थापा पञ्चतत्त्वमा विलीन

0
1842

सिलगढ़ी, 25 अगस्त : पछिल्लो शुक्रवार जम्मू-कश्मीरमा शहीद बनेका नायक राजीव थापाको अन्तिम संस्कार आइतवार स्थानीय कालचिनीको मेचपाड़ामा पूर्ण सैनिक सम्मानसहित गरियो। यसअवसरमा सेनाका उच्चाधिकारी, प्रशासनिक अधिकारीवर्ग, जनप्रतिनिधिलगायत स्थानीय मानिसहरूको बाक्लो उपस्थिति थियो। जसले थापालाई श्रद्धाञ्जली अर्पण गरे।

शनिवार अपराह्न विशेष विमानमार्फत बाघडुग्रा ल्याइपुऱ्याएको थापाको पार्थिव शरीरलाई बाघडुग्राको बेङ्गडुबीस्थित 158 बेस अस्पतालमा राखिएपछि आज बिहानै आफ्नो पैतृक स्थान लगिएको थियो। आज बिहान बेङ्गडुबी सैन्य स्टेशनमा सलामी र अन्य सैनिक सम्मान समारोहपछि शहीद थापाको पार्थिव शरीरलाई विशेष विमानमार्फत् उनको पैतृक गाउँ लगिएको हो।

पूर्ण सैनिक सम्मानसहित अन्तिम संस्कार गर्नअघि उपस्थित हजारौं मानिसले थापालाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए। यसअवधि उनीहरूले ‘रोहित थापा अमर रहुन्’, ‘पाकिस्तान मुर्दावाद’, ‘जय हिन्द’-जस्ता नारा लगाएका थिए। यसअवसरमा उनीहरूले तिरङ्गा झण्डा बोकेर आएका थिए।

उल्लेखनीय छ, कालचिनी मेचपाड़ास्थित 8 नम्बरनिवासी रोहित थापा 3/5 गोर्खा राइफल्सका नायक पदमा थिए। रजौरी जिल्लाको नौसेरा सेक्टरमा तैनाथ थापा शुक्रवार बिहानै पाक सेनाले गरेको गोलीबारीमा शहीद भएका थिए।

34 वर्षीय थापाले केही वर्ष अघि मात्र विवाह गरेका थिए। उनले आफूपछि पत्नी खुशबु थापा, 8 महिने छोरी काव्य थापा, पिता कुमार थापा, आमा रीना थापा र बहिनी रोजी थापालगायत अन्य छोड़िगएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here