अवैध रूपमा भारत छिर्ने कोशिश गरिरहेका २६ बङ्ग्लादेशी नागरिक पक्राउ

0
1549
साङ्केतिक तस्वीर।

कोलकाता, २७  अगस्त : सीमा सुरक्षा बल (बीएसएफ) -ले भारत छिर्ने कोशिश गरिरहेका २६  बङ्ग्लादेशी नागरिकलाई पक्राउ गरेको छ। जानकारीका अनुसार बीएसएफले घोना फील्ड क्षेत्रबाट यी बङ्ग्लादेशी नागरिकहरूलाई पक्राउ गरेको हो।

यसभन्दा अघि बीएसएफले सोमवार पाँच अन्य बङ्ग्लादेशी नागरिकलाई उत्तर २४ परगानाको स्वरूपनगर र गाईघाटस्थित भारत-बङ्ग्लादेशी सीमा क्षेत्रबाट पक्राउ गरिएको थियो। यी सबै बङ्ग्लादेशी नागरिक भारत अवैध रूपमा भारत छिर्ने प्रयास गरिरहेका थिए।

प्राप्त जानकारीका अनुसार बीएसएफले यो वर्ष १५ भारतीय नागरिक र ७३१ अवैध बङ्ग्लादेशी  नागरिकलाई अन्तर्राष्ट्रिय सीमा पार गर्ने कोशिश गरिरहेको समय पक्राउ गरिसकेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here