सिलगढ़ी, २९ अगस्त : आउँदो २९ सेप्टेम्बरको दिन अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा देशी-विदेशी पर्यटकहरूलाई आकर्षित गर्नका लागि शहरको एक प्रसिद्ध शपिङ मलमा फेशन शोको आयोजना गरिएको छ। यो फेशन शोको आयोजना गरिएको छ। उक्त फेशन शोको आयोजना प्रसिद्ध जातीय फेशन डिजाइनर अलका शर्माले आयोजना गर्ने निर्णय गरेकी हुन्। उनले फेशन शोमा राजबंशी समुदायको परम्परा उजागर गरी पर्यटनलाई बढ़ावा दिने निधोसम त गरेकी छन्।
अलका शर्मा प्रख्यात जातीय फेशन डिजाइनर हुन्। उनले गत वर्ष उड़िसामा सम्पन्न मातृत्व पेजेण्ट एन्ड अन्ट्रप्रनर अवार्ड -२०१८ मा सर्वश्रेण्ठ जातीय डिजाइनर र उद्यमी पुरस्कार प्राप्त गरेकी थिइन्। उनले यो पुरस्कार बलिवुड अभिनेत्री बिपाशा बसुको बाहुलीबाट ग्रहण गरेकी थिइन्। यिनै अल्का शर्मा अहिले फेशनको माध्यमबाट पर्यटनलाई बढ़ावा दिनका लागि आयोजना गरिएको आफ्नो अघिल्लो कार्यक्रमको तयारी गरिरहेकी छन्।
विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा आयोजित गरिने उक्त फेशन शोका लागि राजबंशी समुदायका दश पुरुष र महिला मोडललाई चयन गरिएको छ। राजबंशी समुदायका कार्यक्रम आयोजक चिन्मय राय पनि उक्त फेशन शोलाई ऐतिहासिक बनाउनका लागि खटिरहेका छन्। यो कार्यक्रममार्फत् राजबंशी समुदायको समृद्ध परम्परालाई प्रदर्षित गरिने लक्ष्य रहेको छ।
‘‘हाम्रो लागि यस प्रकारको मञ्च प्राप्त हुनु र यसमार्फत उत्तर बङ्गालमां पर्यटनलाई बढ़ावा दिन पाउनु ठूलो सम्मानको कुरा हो’’, चिन्मय रायले भने। अर्कोतिर अल्का शर्मा भ न्छिन्, ‘‘हामी प्रतिवर्ष फेशन शो आयोजित गर्ने गर्छौं। तर यसपटक फेशन शो एकदमै बेग्लै हुनेछ। किनभने हामी फेशन शोमार्फत राजबंशी समुदायको परम्परालाई उजागर गरिरहेका छौं।’’
उनका अनुसार फेशन शो कार्यक्रम दुई चरणमा हुनेछ। पहिलो चरणमा राजबंशी समुदायका दश मोडलले आफ्नो पारम्परिक पोशाक पहिरिएर ऱ्याम्पमा हिँड़्नेछन्। दोस्रो चरणमा मिलन मोड़स्थित लिटल एन्जेल्स स्कूलका विद्यार्थीहरूले सार्क देशका पारम्परिक पोशाक पहिरिएर ऱ्याम्पमा देखिनेछन्। लिटल एन्जेल्स स्कूलका विद्यार्थीहरूले पर्यटनलाई बढ़ावा दिनका लागि पछिल्लो वर्षदेखि विभिन्न सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिँदै आएका छन्।
यससम्बन्धमा बोल्दै लिटल एन्जेल्स स्कूलकी प्रिन्सिपल राधिका शर्माले भनिन्, “हाम्रो स्कूल एक निजी स्कूल हो। तरै पनि हामीले विश्व पर्यटन समारोह र अन्य कार्यक्रमहरूमा भाग लिएर पर्यटनलाई बढ़ावा दिनका लागि सरकारको सहयोग र समर्थन गर्दै आइरहेका छौं।”