एनआरसीको फाइनल लिस्ट जारी, १९ लाखभन्दा बढ़ी नागरिक परेनन् सूचीमा

0
1321

गुवाहाटी, ३१ अगस्त : असम सरकारले शनिवार जारी गरेको राष्ट्रिय नागरिक रजिस्टर (एनआरसी)-को फाइनल लिस्टबाट १९ लाखभन्दा बढ़ी मानिस बाहिरिएका छन । लिस्टका अनुसार १९,०६,६५७ नागरिक एनआरसीमा परेनन्।

एनआरसीका असम समन्वयक प्रतीक हजारिकाका अनुसार कुल ३,११,२१,००४ नागरिक लिस्टमा परेका छन्। उनका अनुसार एनआरसीमा नपरेका नागरिकहरूले अब निर्धारित समयभित्र विदेशी न्यायाधिकरणसमक्ष अपील गर्नसक्नेछ। एनआरसीको शुरुको खेस्रामा ४१ लाखभन्दा बढ़ी नागरिक छुटेका थिए, जसको देशव्यापी विरोध भएको थियो।

उल्लेखनीय छ, सर्वोच्च न्यायालयले ३१ अगस्तसम्म एनआरसीको अन्तिम सूची जारी गर्नका लागि अन्तिम मिति तय गरिएको थियो। सर्वोच्चले तय गरेको मितिअन्तर्गत नै असम सरकारले आज एनआरसीको फाइल लिस्ट जारी गरेको हो। एनआरसी लिस्ट तयार गर्ने प्रक्रिया पछिल्लो ४ वर्षअघि शुरु भएको थियो।

फाइनल लिस्टलाई http://www.nrcassam.nic.in –मा हेर्नसकिनेछ। कुल ३,३०,२७,६६१ नागरिकले एनआरसीमा सामेल गर्नका लागि  आवेदन गरेका थिए। जसमध्ये ३,११,२१,००४ नागरिक एनआरसीभित्र परेका छन्।

अर्कोतिर सूची प्रकाशनपछि तनाउ बढ़्नसक्ने आशङ्कालाई ध्यानमा राखेर गुवाहाटीसहित राज्यका अन्य संवेदनशील क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ। कार्यालयमा सामान्य कामकाज, आम नागरिक र यातायातलाई सुचारू बनाउनका लागि निषेधाज्ञा लागू गरिएको बताइएको छ। एनआरसी सूचीमा नाम परेकाहरूले थप आवेदन गर्नसक्ने कुरामा राज्य सरकारले नागरिकहरूलाई आश्वस्त पारेका छन्।

यसैबीच एनआरसीमा नाम नपरेकाहरूका लागि आवेदन गर्नहेतु सोमवारदेखि २०० अतिरिक्त विदेशी न्यायाधिकरणले काम गर्नेछन्। ती विदेशी न्यायाधिकारणसमक्ष सूचीमा नाम परेका नपरेका नागरिकहरूले आफ्नो पक्ष राख्न सक्नेछन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here