लेफ्टिनेण्ट जनरल अनिल चौहानले सम्हाले पूर्वी कमान्डको प्रभार

0
1087

सिलगढ़ी, १ सेप्टेम्बर : लेफ्टिनेण्ट जनरल अनिल चौहानले आइतवार पूर्वी कमान्डको प्रभार सम्हालेका छन्। आज पूर्वी कमान्डको युद्ध स्मारकमा पूर्ववत् पुष्पाञ्जली समारोहसँगै उनले पूर्वी कमान्डको प्रभार सम्हालेका हुन्।

लेफ्टिनेण्ट जनरल चौहानले उत्तम युवा सेवा पदक, अति विशिष्ट सेवा पदक, सेना पदक, विशिष्ट सेवा पदकजस्ता पदकले सम्मानित भिसकेका छन्।

जनरल चौहानले राष्ट्रिय रक्षा अकादमी पुणेमा भर्ती हुनअघि केन्द्रिय विद्यालय फोर्ट विलियम कोलकाताबाट स्कूले शिक्षा प्राप्त गरेका थिए। १९८१ मा भारतीय सैन्य अकादमीबाट स्नातक उत्तीर्ण गरेपछि ११ गोर्खा राइफल्समा नियुक्त भएका थिए।

आजदेखि पूर्वी कमान्डको प्रभार सम्हालेका यी सेना अधिकारी पारम्परिक र काउन्टर इन्सर्जेन्सी अपरेशन्स दुवैको पूर्ण अनुभव छ। पूर्वी कमान्ड प्रभारीको रूपमा पोस्टिङ हुनअघि उनी नयाँदिल्लीस्थित सेना मुख्यालयमा सैन्य सञ्चालन महानिर्देशकको रूपमा थिए। जहाँ उनले आफ्न  देशको भूमि सीमाहरूसहित वर्तमान चुनौतीहरूसँग जुझ्नका लागि उच्चस्तरमा राष्ट्रिय नीति तयार गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here