एनआरसीमा गोर्खालाई भेदभाव गरिए हामी सहन गर्नेछैनौं : विनयपन्थी युमो

0
1149
कालेबुङमा पोस्टरिङ गर्दै विनयपन्थी युमो कार्यकर्ताहरू।

दार्जीलिङ, 7 सेप्टेम्बर : केही महिनायता एनआरसीलाई लिएर आक्रामक देखिएको विनय तामाङन्थी गोर्खा जनमुक्ति मोर्चाको युवा एकाइले शनिवार दार्जीलिङ र कालेबुङमा पोस्टरिङ गरी एनआरसी र एनआरसीबाट असमका गोर्खाहरू छुटेको सन्दर्भमा भारतीय जनता पार्टीको तीखो शब्दमा निन्दा गरेको छ।

कालेबुङ र दार्जीलिङ शहरमा आज टाँसिएको पोस्टरमा एनआरसीको विरोध नरहेको तर,  गोर्खा जातिलाई ओरिजिनल इनह्याभिटेन्ट्स घोषणा गर्नुपर्ने तथा पुर्खौंदेखि देशमा बसोबासो गर्ने गोर्खा जातिलाई विस्थापित गर्न बन्द गर्नुपर्ने माग गरिएको छ।

पोस्टरमा लेखिएको छ, ‘असम हाम्रो मातृभूमि हो। मातृभूमिको माटो घोषणा षड़यन्त्र  मान्दैनौं। ज्यान दिन्छौं तर मातृभाषा छोड़ेर जाँदैनौं।’ त्यस्तै अर्को पोस्टरमा भनिएको छ, ‘भोट अघि गोर्खाहरूको निम्ति चट्टान बनेर बस्छु भन्ने अमित शाह आज असमका भूमिपुत्र गोर्खाहरूलाई दुःख परेको बेला किन चुप छ?’

अर्कोतिर आज पोस्टर सम्बन्धमा बोल्दै विनयपन्थी युवा मोर्चा प्रवक्ता अरुण छेत्रीले गोजमुमो केन्द्रिय समितिको निर्देशनमा आज एनआरसी विषय पोस्टरिङ गरिएको बताए।

“देश पास गरेको एक्ट एनआरसीलाई हामी मान्दै मान्दैनौं भन्ने होइन। तर, भेदभावपूर्ण तरिकाले जसरी असमबाट गोर्खाहरूलाई एनआरसी बाहिर गर्ने षड़यन्त्र भएको छ, त्यसको हामी सहन गर्दैनौं”, उनले थपे, “एनआरसी लागू गरे, हामी देशको ऐन मानेर सम्मान गर्छौं। तर, एनआरसी लागू गर्नअघि असममा आदिवासी र सन्थाल जातिलाई संरक्षित सूचीमा हालेर ओरिजिनल इनह्याभिटेन्ट्स घोषित गरेजस्तै भारतभरिका गोर्खाहरूलाई पनि संरक्षित सूचीमा राखेर ओरिजिनल इनह्याभिटेन्ट्स घोषणा गरिनुपर्छ।”

यदि सरकारले गोर्खाहरूलाई ओरिजिनल इनह्याभिटेन्ट्सको सूची नहाली एनआरसी लागू गरेको खण्डमा गोर्खा जनमुक्ति मोर्चा (विनय गुट) सड़कमा ओर्लेर जोड़दार विरोध गर्ने पनि बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here