एनआरसीको कारण एकैजना खाँटी गोर्खाले देश छोड़्न परे सांसद पद त्याग्नेछु : विष्ट

1
1479
मङ्पूमा सम्पन्न सभा।

मङ्पू, १० सेप्टेम्बर : असमका एकैजना खाँटी गोर्खा नागरिक राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-बाट छुटेर देशबाट उच्छेद हुनपरे सांसद पद त्याग्ने सांसद राजु विष्टले घोषणा गरेका छन्।

आफ्नो समष्टि क्षेत्रको भ्रमणअवधि मङ्गलवार मङ्पू पुगेका विष्टले यस्तो घोषणा गरेका हुन्। ‘यदि असमका एनआरसीले एकैजना खाँटी गोर्खाको नाम छुटेर देशदेखि बाहिर जानपऱ्यो भने म यो कुर्सी त्याग गर्नेछु’, विष्टले थपे, ‘मूल कुरा बुझ्नु पर्छ, हावाको कुरा गर्नु हुँदैन।’

उनले अनित थापा र विनय तामाङलाई परोक्ष रूपमा तोकेर भने, ‘म जीटीएका दुई दाजुलाई भन्छु, तपाईंहरूले जस्तो राजनीति गर्नुहुन्छ। हामी पनि तयार छौं,  त्यस्तै राजनीति गर्नेछौं।’ विष्टले आफू जीटीएको नोकर नरहेको पनि बताए।

मङ्पू बस स्ट्याण्डमा सम्पन्न सभालाई सम्बोधन गर्दै उनले अहिले एनआरसीको विरोधमा पोस्टर टाँस्नेहरूले एनआरसी वास्तवमा के हो भन्ने नै नबुझेको बताए। आफ्नो सम्बोधनमा विष्टले विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा र तृणमूल कङ्ग्रेस सरकारको तीखो शब्दमा आलोचना गरे। स्मरणरहोस् हिजो अपराह्न विनयपन्थी मोर्चा कार्यकर्ताहरूले मङ्पूमा एनआरसीको विरोधमा व्यापक मात्रामा पोस्टरिङ गरेका थिए।

1 टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here