बलियो कतारविरुद्ध ड्र खेलेपछि सुनिल अत्यधिक खुशी

0
1413

नयाँ दिल्ली, 11 सेप्टेम्बर : फिफा विश्वकप 2022-को छनोट खेलमा  एशियाइ च्याम्पियन कतारसँग गोलरहित ड्र खेलेपछि भारतीय टीमका जण्डा स्ट्राइकर सुनिल छेत्री अत्यधिक खुशी भएका छन्। मङ्गलवार राति खेलिएको छनोट खेलमा टीम इण्डियाले आफूभन्दा धेरै बलियो कतारलाई गोलरहित बराबरीमा अल्झाएपछि नै सुनिल खुशी भएका हुन्।

उनले म्याचपछि ट्वीट गरेका छन्, ‘प्रिय भारत,  यो समय म कतिबिघ्न गौरवान्वित महसुस गरिरहेको छु, त्यो वर्णन गर्न सक्दिनँ। हामीले पोइन्ट टेबलका लागि ठूलो परिणाम दिन नसके तापनि कठोर प्रतिस्पर्धा गर्‍यौं। कोचिङ स्टाफ, ड्रेसिङ रूमलाई यसको श्रेय जान्छ।’

उल्लेखनीय छ, हिजो राति खेलिएको फिफा विश्वकप 2022 छनोट खेलको निर्धारित समयमा भारत र कतार दुवै टीमले गोल गर्नसकेनन्। कतारले पटक पटक राम्रो मुभ बताए तापनि टीम इण्डियाका गोल किपर र डिफेन्सलाई छक्याउन सकेन। यसभन्दा अघि  सेप्टेम्बर 2007 मा भएको विश्वकप 2010 को छनोट खेलमा कतारले भारतविरुद्ध आधा दर्जन गोल गरेको थियो।

स्मरण रहोस्, विश्वकप 2022  छनोट प्रतियोगिताको समूह ‘ई’-मा रहेको टीम इण्डियाको अहिले चौथो स्थानमा छ। दुई खेलमा इण्डियाको 1 अङ्क छ। कतारसँग बराबरी खेल्नअघि टीम इण्डिया पहिलो म्याचमा ओमानसँग 1-2 को गोलअन्तरले पराजित भएको थियो। यो समूहमा कतार शीर्षमा तथा ओमान दोस्रो स्थानमा छ।

कतारसँग ड्र खेलेपछि टीम इण्डियाको आत्मविश्वास दुईगुणा बढ़ेको छ। किनभने कतार समूहकै बलियो टीम मात्र होइन, तर एशियाइ च्याम्पियन पनि हो। एशियाइकै सबैभन्दा शक्तिशाली टीम मानिने जापानलाई एशियाइ च्याम्पियनशिपको फाइनलमा 3-1 को गोल अन्तरले पराजित गरी आफ्नो क्षमता र शक्ति अघिबाटै देखाइसकेको छ। समूहका रहल दुईवटा खेलमा अब टीम इण्डियाले अफगानिस्तान र बङ्ग्लादेशसँग भिड़्नेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here