एनआरसी पीड़ितहरूको समस्या बुझ्न विनयपन्थी मोर्चा असम प्रस्थान

0
1050
असम पुगेका विनय तामाङ।

दार्जीलिङ, १३ सेप्टेम्बर : शुक्रवार  गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाको एक प्रतिनिधि टोली असम प्रस्थान गरेको छ। टोलीमा १५ जना सदस्य छन्। जसको अगुवाइ पार्टी अध्यक्ष विनय तामाङले गरेका छन्। स्वयं तामाङले एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी गराएका छन्।

विनयका अनुसार १५ सदस्यीय टोलीमा  उनीलगायत सतीश पोखरेल, डीके प्रधान, ज्योतिकुमार राई, प्रवीण रहपाल, रोशन राई, भुवन पी. खनाल, पङ्कज बस्नेत, अमृत योञ्जन, अनुज थापा, बलराम छेत्री, दावा तामाङ, समीर राई, अच्युतम भट्टराई र  अल्फनोश गुरुङ सामेल छन्।

‘असम भ्रमणको मूल उदेश्य हालै राष्ट्रिय नागरिकता पन्जी (एनआरसी)-ले जन्माएका समस्याहरूको ग्राउण्ड जिरोमा नै गएर बुझ्न अनि डेढ़ लाखभन्दा अधिक गोर्खा सन्तानलाई यस भुमरीबाट कसरी निकाल्न सकिन्छ? यसको समाधानको बाटो निकाल्नु पनि हो । यस भ्रमणअवधि टोलीले अन्य प्रभावित सम्प्रदायहरूलाई पनि भेट्नेछ’, तामाङले विज्ञप्तिमा थप भनेका छन्, ‘असम भ्रमणअवधि टोलीले कुनै पनि राजनीतिक पार्टीसँग भेटघाट गर्ने छैन। तर, सामाजिक संस्थान अनि जातिगत संस्थानहरूसँग भने भेटघाट गर्नेछ।’

टोलीले भ्रमणअवधि कानुनी पहलका लागि आवश्यकीय कागज-पत्र जोगाड़ गर्ने पनि उनले बताएका छन्। ‘हाम्रो उद्देश्य असममा गएर कुनै राजनीतिक लाभ उठाउनु होइन। साथै हामीलाई असमको राजनीतिमा धकल गर्नु पनि छैन। हामी असममा कानून व्यवस्थालाई भङ्ग गर्नेछैनौं’, विनयले विज्ञप्तिमा भनेका छन्, ‘यति हो हाम्रो गोर्खा जाति र अन्य सम प्रदायहरूलाई यस विकट स्थितिबाट निकाल्नु नै प्रमुख उद्देश्य रहनेछ। आउँदा दिनहरूमा  एनआरसी भारतका अन्य प्रान्तहरूमा लागू गरे, यसबाट हामीले गोर्खालाई कसरी बचाउन सक्नेछौं? यसको विकल्प  खोजिनिकाल्नु पनि हो।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here