ऐश्वर्य राय बच्चन (फाइल फोटो)। |
जन्मदिन विशेष
विश्वकी सबैभन्दा अभिनेत्रीमध्ये एक ऐश्वर्य राय बच्चनले आज आफ्नो 45औं जन्मदिन मनाइरहेकी छन्। भारतमा मात्र होइन, तर उनको सुन्दरतामा कायल हुनेहरू विश्वभरि छन्। विश्वभरि उनको सुन्दरताको उदाहरण दिनेगरिन्छ। ऐश्वर्यको जन्म 1 नोभेम्बर, 1973-मा कर्नाटकमा भएको थियो। बलिउडमा आफ्नो उत्कृष्ट अभिनयले एउटा छुट्टै ‘स्पेस’ बनाएकी उनको चर्चा हलिउडमा पनि उतिक्कै हुनेगर्छ।
आफ्नो उमेरको यो चरणमा पनि ऐश्वर्य उतिक्कै सुन्दरी र फिल्ममा सक्रिय रहेकी छन्। आफ्नो ‘स्टाइल’ र ‘टशन’-को कारण उनी सधैँ चर्चामा रहनेगर्छिन्।
सन् 1994 –मा मिस वर्ल्डको उपाधि जितेपछि ऐश्वर्यको मोडलिङ र बलिउड करिअरले गति पाएको हो, यद्यपि उनी नवौं श्रेणी अध्ययनरत छँदै टिभी विज्ञापनमा देखिएकी थिइन्। त्यसबेला ऐश्वर्य पेन्सिलको एक विज्ञापन देखिएकी थिइन्। अर्थात् स्क्रीनसँग ऐश्वर्यको धेरै पुरानो सम्बन्ध हो। आज पनि उनी धेरै प्रोडक्ट्सको विज्ञापनमा देखिने गर्छिन्।
पढ़ाइमा मेधावी ऐश्वर्य
ऐश्वर्य मेधावी विद्यार्थी थिइन्। उनले बाह्रौं श्रेणीको परीक्षामा केमेस्ट्रीमा 100 –मा 97 अङ्क प्राप्त गरेकी थिइन्। स्कुले जीवनमा उनको अभिरूचि मेडिकलको पढ़ाइप्रति थियो। त्यो समय उनको रूचिपूर्ण विषय जुलोजी थियो। पछि उनले आर्टिटेक्ट बन्ने सपना पनि देखिन्। आर्टिटेक्ट बन्नका लागि ऐश्वर्यले कलेज पनि जोइन गरिन्, तर उनको यो सपनाले पनि आकार पाएन। पछि मोडलिङले उनलाई आफूतिर तान्यो। यसैबीच मिस इण्डिया बनेपछि उनको जीवन हठात् परिवर्तन भयो।
जीवनमा धेरै कुरा पहिलो
ऐश्वर्यको जीवनमा धेरै कुरा पहिलोपटक भएका छन्। उनी यस्ती पहिलो बलिउड अभिनेत्री हुन्, जसलाई कान्स फिल्म फेस्टिभलमा निम्ताइयो। ऐश्वर्य यस्ती पहिलो बलिउड अभिनेत्री हुन्, जसलाई ‘ओपेरा विनफ्रे’ -ले आफ्नो शोमा अतिथिको रूपमा निम्ताइन्। ऐश्वर्य बलिउडकी ती पहिलो अभिनेत्री हुन्, जसको मोमको प्रतिमा लण्डनको विश्वप्रसिद्ध म्याडम तुषाद म्युजियममा राखिएको छ। उनीअघि केवल उनकै ससुरा एवं बलिउडका महानायक अमिताभ बच्चनको प्रतिमा मात्र यो म्युजियममा राखिएको छ।
मिस वर्ल्डको उपाधि
ऐश्वर्य रायले सन् 1994 -मा मिस वर्ल्ड उपाधि जितेकी थिइन्। यो प्रतियोगितामा बेग्ला-बेग्लै देशका 87 मोडलले भाग लिएका थिए। ऐशले यी सबै मोडललाई पराजित गरी मिस वर्ल्डको उपाधि जितिन्। दिसम्बर 2014 -मा सम्पन्न मिस वर्ल्ड प्रतियोगितामा उनलाई प्रमुख अतिथिको रूपमा निम्ताइएको थियो।
फिल्म इण्डस्ट्रीमा पहिलो कदम
यी पूर्व विश्व सुन्दरीले सन् 1997 -मा मणि रत्नमको तमिल फिल्म ‘इरुवर’ -बाट अभिनय जगतमा आफ्नो पहिलो कदम राखिन्। यसमा उनीसँग प्रसिद्ध अभिनेता मोहनलाल प्रमुख भूमिकामा थिए। ऐश्वर्यले सन् 1997 –मा नै ‘और प्यार हो गया’ -सँगै हिन्दी फिल्म जगतमा पाइला राखिन्, र यो पाइलाले कहिले पछिल्तिर फर्किन परेन। ‘हम दिल दे चुके सनम’, ‘देवदास’, ‘चोखेर बाली’, ‘रेनकोट’, ‘प्रोभोक्ड’, ‘मोहब्बतें’, ‘धूम 2’, ‘जोधा अकबर’, ‘एन्थिरन’, ‘गुजारिश’, ‘ए दिल है मुश्किल’ जस्ता फिल्ममार्फत् उनले आफ्नो दमदार अभिनयबाट करोड़ौं मानिसको हृदयमा राज गरिन्। बलिउड इण्डस्ट्रीमा आफ्नो छुट्टै स्थान बनाइन्।
‘हम दिल दे चुके सनम’ र ‘देवदास ’–का लागि उनले सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड जितिन्, साथै भारतले सरकारले उनलाई 2009 –मा पद्मश्री सम्मानले सम्मानित गरेको थियो।
सलमानसँग अफेयर
सन् 1999 –मा प्रदर्शित सुपरहिट फिल्म ‘हम दिल दे चुके सनम’ अवधि ऐश्वर्य र सलमान खान एकअर्काको नजीक भएका थिए। त्यसपछि यी दुइबीच अफेयरको चर्चा चुलियो। यद्यपि सन् 2002 –मा दुवै छुट्टिए। यो ब्रेकअफको कारण सलमान खानको हिंस्रक व्यवहार र शारीरिक शोषण रहेको ऐश्वर्यको दाबी छ। सलमानले ऐश्वर्यसँग काम गरिरहेका धेरै एक्टर्ससँग कुटपिट गरेका थिए। सलमानसँग छुट्टिएपछि केही समयका लागि ऐश्वर्यको नाम विवेक ओबेरायसँग पनि जोड़िएको थियो।
अभिषेक बच्चनसँग विवाह
ऐश्वर्य रायले 20 अप्रेल, 2007 –मा अभिषेक बच्चनसँग विवाह गरिन्। आज यी दुइको जोड़ी बलिउड इण्डस्ट्रीमा सफल जोड़ीहरूमा एक मानिन्छ। ऐश्वर्य-अभिषेकका एउटी 6 वर्षीया छोरी छन्, क्युटी आराध्या। यी दुइको विवाहमा ऐश्वर्यले लगाएको साड़ीको अत्यधिक चर्चा भएको थियो। विवाहमा उनले 75 लाखको कांजीवरम साड़ी लगाएकी थिइन्, जुन साड़ीले विवाहमा उपस्थित सबैको दृष्टिलाई आफूतिर तानेको थियो। यो कुनै अभिनेत्रीले आफ्नो विवाहमा पहिरिएको सबैभन्दा महँगो साड़ी थियो। यो साड़ीलाई नीता लुलाले डिजाइन गरेकी थिइन्।
– प्रस्तुति सौजन्य छेत्री
– प्रस्तुति सौजन्य छेत्री