कोलकाता, १४ सेप्टेम्बर : शारदा चिटफण्डकाण्डमा समस्यामा फँसेका कोलकाताका पूर्व पुलिस आयुक्त राजीव कुमार भूमिगत बनेको चर्चा चुलिएको छ। आज उनी सीबीआई कार्यालयमा उपस्थित भएन। सीबीआईले राजीव कुमारलाई सल्टलेकस्थित कार्यालयमा बिहान १० बजे उपस्थित हुनका लागि समन जारी गरेको थियो, तर उपस्थित भएनन्।
जानकारीका अनुसार उनको फोन पनि अफ् छ। यसैले पनि पक्राउबाट बच्नका लागि राजीव कुमार भूमिगत भएको हुनसक्ने चर्चा चुलिएको छ। अर्कोतिर, सीबीआई अधिकारीहरूले कोलकाता हवाइअड्डाका अधिकारीहरूलाई अलर्ट रहन भनिएको छ। ताकि कुनै विमानमार्फत राजीव कुमार आए/गएको एजेन्सीलाई थाह पाउन सकियोस्।
यसभन्दा अघि कोलकाता उच्च न्यायालयले राजीव कुमारलाई सीबीआईसमक्ष पासपोर्ट जमा गर्ने आदेश दिएको थियो। शुक्रवार उनको पक्राउमाथि लगाइएको रोक (स्टे अर्डर) उच्च न्यायालयले हटाएलगत्तै सीबीआईको टीम पार्क स्ट्रीटस्थित उनको आधिकारिक आवासमा पुगेको थियो। यद्यपि राजीव कुमार त्यहाँ थिएनन्। त्यसपछि सीबीआईले उनको आवासमा समन टाँसेको थियो।
सुनवाइअवधि न्यायालयले पक्राउमाथि लगाइएको रोक हटाउँदै सीबीआईले कुनै पनि समय केरकारका लागि यी आईपीएस अधिकारीलाई बोलाउन सक्ने बताएको थियो। अर्कोतिक सीबीआईले कुनै पनि समय उनलाई पक्राउ गर्नसक्ने खबर पनि प्रकाशमा आइरहेको छ। सीबीआईका अधिकारीहरूका अनुसार जाँचमा सहयोग गरेको खण्डमा उनी पक्रा पर्ने छैनन्। अहिलेसम्म जाँचमा सहयोग नगरेको आरोप पनि उनीमाथि लाग्दै आएको छ।
यसैबीच सीआईडीका अधिकारीहरूका अनुसार राजीव कुमार १० सेप्टेम्बरदेखि १० दिनको छुट्टीमा छन्। १९८९ ब्याचका आईपीएस अधिकारी राजीव कुमार वर्तमानमा पश्चिम बङ्गालको आपराधिक जाँच विभागका अतिरिक्त महानिर्देशकको पदमा कार्यरत् छन्।
राजीव कुमारलाई पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीको अत्यन्त नजिकका मानिन्छन्। शारदा चिटफण्ड घोटालाका महत्त्वपूर्ण सबुतहरूलाई लुकाएको या नष्ट गरेको उनीमाथि सीबीआईको आरोप छ। किनभने शारदा चिटफण्ड घोटालाको जाँचका लागि गठन गरिएको जाँच दलको उनी प्रमुख थिए। यद्यपि सर्वोच्च न्यायालयले २०१४ जाँच कार्यको जिम्मा सीबीआईलाई सुम्पेको थियो। साथै पश्चिम बङ्गाल, असम र ओडिसा पुलिसलाई जाँच कार्यमा सीबीआईलाई सहयोग गर्ने निर्देश दिएको थियो।
शारदा चिटफण्ड घोटाला पश्चिम बङ्गालको एउटा ठूलो आर्थिक घोटाला हो, जसमा धेरै ठूला नेताहरूको नाम जोड़िएको छ। यो घोटाला करिब 40 हजार करोड़को हो।