नयाँदिल्ली, २४ सेप्टेम्बर : दिल्ली-एनसीआरसमेत उत्तर भारतभरि मङ्गलवार अपराह्न भुइँचालोको तीव्र झट्का महसुस गरियो। भुइँचालोको केन्द्र पाकिस्तानको लाहौरदेखि १७३ किलोमिटर टाढ़ा जाटलानमा रहेको बताइएको छ। यसको तीव्रता ६.१ मापिएको छ।
पाकिस्तानमा केन्द्र गरी आएको उक्त भुइँचालोको झट्का राष्ट्रिय राजधानी दिल्ली र यसका संलग्न क्षेत्रहरूमा अपराह्न ४.३३ बजे महसुस गरियो। पञ्जाब, जम्मू-कश्मीर, हिमाचल र उत्तराखण्डलगायत जम्मूको रजौरी र पुँछमा पनि भुइँचालोको झट्का महसुस गरियो। यद्यपि कहींबाट ज्यानमालको क्षतिको खबर प्राप्त भएको छ।