रितेश अग्रवाल : कलेज ड्रपआउटदेखि अरबपतिसम्मको यात्रा

0
1921
रितेश अग्रवाल (साभार-इण्टरनेट)।

सामान्यतः आम जिन्दागीमा हामीलाई आफ्ना अभिभावहरूले सफलताप्राप्तिका पढ़ाइ-लेखाइ र करिअरमा फोकस गर्नका लागि जोर दिने गर्छन्। सानैदेखि कसरी उच्च शिक्षाले हाम्रो करिअरको बाटो तयार गर्छ भन्ने कुरा नै सिकाउने गरिन्छ। तर, ओयो कम्पनीका संस्थापक रितेश अग्रवालको सफलता फण्डा बेग्लै छ।

केवल 17 वर्षकै उमेरमा रितेशले सफलताका एकेक झण्डा गाड़्न शुरु गरे। तपाईंलाई आश्चर्य लाग्नसक्छ, कलेजका ड्रपआउट रितेश अग्रवालले आज यति ठूलो सफलता हात पारेको सुन्दा। जानौं आखिर कसरी यी युवा उद्यमीले कसरी कलेजको शिक्षा पनि पूरा नगरी आफ्नो करिअरलाई नयाँ दिशा दिन सफल भए।

रितेशले अरबपति हुने आइडिया टीभीको रिमोटबाट प्राप्त गरेका थिए। उनलाई लाग्यो जसरी टीभी रिमोटद्वारा कण्ट्रोल हुन्छ, त्यसरी गरी होटलका रूम्सहरूमा यो उपाय लगाउनसकिन्छ, ताकि घर बसी बसी ग्राहकहरूलाई होटलका रूम प्राप्त होस्। टीभीको रिमोटबाट आइडिया लिएर उनले ओयो रूम्स स्थापना गरेका हुन्। आज उनको कम्पनी देशभित्र र बाहिर चारैतिर सफलताको झण्डा गाड़िरहेको छ।  

पछिल्लो वर्ष 25 सेप्टेम्बरमा उनलाई फोर्ब्स इण्डियाले याइकुन्स अव् टुमारोको लिस्टमा सामेल गरेको थियो। त्यसबेला उनका उमेर केवल 24 वर्ष थियो। यति सानो उमेरमा नै उनले करोड़ौ रुपियाँको कम्पनीको स्थापना गरिसकेका थिए। कलेज ड्रपआउट रितेशको कथाले हामी सबैलाई प्रेरणा दिन्छ।

उनका आमा-बाबा चाहन्थे छोरा ठूलो इञ्जिनियर बनोस्। आमा-बाबाको इच्छा र सपनालाई बोकेर रितेश राजस्थानको कोटा गएर आईटीआईमा एन्ट्रेन्सका लागि तयारी गर्न शुरु गरे। यसै तयारीबीच रितेशले दिल्लीको इण्डियन स्कूल अव् बिजनेस एण्ड फाइनेन्समा एडमिशन लिए। यद्यपि आफ्नै व्यवसाय शुरु गर्नका लागि पढ़ाइ बीचैमा छोड़े।

रितेश सानैदेखि होनहार थिए। अहिले उनको पहिचान सर्वत्र छ। ओयो चर्चित बनेको छ। भारतका अन्य राज्यहरूमा मात्र होइन, हाम्रै ठाउँहरूका होटलहरूमा पनि ओयोको होर्डिङ देख्न सक्छौं।

अहिले रितेश अग्रवाल 25 वर्ष पुगेका छन्। यद्यपि उनी अरबपति हुन्। एउटा सानो आइडियाले उनी यतिसानै उमेरमा अबरपति बनेका हुन्। रितेशले 2013 मा ओयो रूम्सको स्थापना गरेका थिए। त्यसबेला उनी केवल 17 वर्ष पुगेका थिए। इञ्जिनियर बन्न घरबाट निस्केका तर दिल्लीको इण्डियन स्कूल अव् बिजनेस एण्ड फाइनेन्समा एड्मिशन लिएका उनले सपना देखेरै कलेज छोड़ेका थिए।

रितेशले जुन सपना देखे, त्यो ओयो रूम्स हो, जसको सफलता हामीअघि छ। केही दिनअघि उनले एक न्युज पोर्टललाई दिएको अन्तर्वार्तामा आफ्नो जीवनसँग जोड़िएका धेरै कुरा साझा गरेका छन्। एक प्रश्नको उत्तरमा  रितेशले आफ्नो डिग्री नभएकै कारण आमा चिन्तित बन्ने गरेको पनि खुलाएका छन्।

डिग्री नभएकै कारण बुहारी पाउन गाह्रो हुने चिन्ता रितोशकी आमालाई छ। रितेशको जन्म 16 नोभेम्बर 1993 मा ओडिसाको कटकमा भएको हो। आज उनी युवाका लागि उदाहरण बनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here