श्रमिकहरूलाई 20 प्रतिशतै बोनस दिनुपर्ने मन घिसिङको माग

0
1007
मन घिसिङ।

दार्जीलिङ, 27 सेप्टेम्बर : गोरामुमो अध्यक्ष मन घिसिङले मालिकपक्षले यसपालि चिया श्रमिकहरूलाई २० प्रतिशतकै दरमा बोनस दिनुपर्ने माग गरेका छन्। उनका अनुसार चियाश्रमिकहरूलाई न्याय दिए उल्टै मालिकपक्षलाई फाइदा हुनेछ। श्रमिकहरू जति शोषण गऱ्यो, उति चिया व्यवसाय लुप्त हुँदै जानेछ।

शुक्रवार एक विज्ञप्ति जारी गरी मन घिसिङले मालिकपक्षले चियाश्रमिकहरूलाई समुचित न्याय दिनुपर्ने माग गरेका हुन्। उनले भनेका छन्, ‘दार्जीलिङको चिया विश्वमा नै प्रसिद्ध छ। यसको गौरवलाई कायम राख्न मालिक र श्रमिकको हातमा छ। मालिकपक्षले मूल्याङ्कन गरी श्रमिकहरूलाई सही न्याय दिनुपर्छ। तब मात्र एउटा सही वातावरणमा चियाको व्यवसाय अघि बढ़्नेछ।

उनले थप भनेका छन्, ‘विश्व बजारमा दार्जीलिङ चिया अत्यन त महँगो दाममा बिक्री हुन्छ। तर, यहाँका चियाश्रमिकहरूमाथि जुन शोषण भइरहेको छ, त्यो अन्याय हो। बोनस मात्र होइन। तर, प्लाण्टेशन लेवर एक्टका अनुसार पाउनुपर्ने अन्य सहुलियतहरूबाट पनि श्रमिकहरू वञ्चित भइरहेका छन्।’

घिसिङले चियाश्रमिकहरूका एकबद्ध भएर लड़िरहेका श्रमिक सङ्गठनहरूप्रति पनि आभार प्रकट गर्दै गणतान्त्रिक ढङ्गमा आन्दोलनलाई बघि बढ़ाउने सुझाएका छन्।  ‘पहाड़मा अहिले घड़ी सबै राजनीतिक दल श्रमिकहरूका हक र अधिकारका लागि एउटै मञ्चमा उभिएर लड़िरहेका छन्। यो एउटा सम्मानजनक र श्रमिकहरूका लागि अतिनै सराहनीय कदम हो। श्रमिकहरूको कुनै दल  र झण्डा हुँदैन’, गोरामुमो अध्यक्ष मन घिसिङले भनेका छन्।

यसका साथै उनले आफू, आफ्नो दल र श्रमिक सङ्गठन एचपीडब्ल्यूयू  सदैव श्रमिकहरूको हक-हितका लागि लागि लड़्ने दाबी गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here