तृणमूल विधायक सव्यसाची दत्त भोलि भाजपामा सामेल हुने

0
1700
सव्यसाची दत्त (फाइल फोटो)।

कोलकाता, 30 सेप्टेम्बर : तृणमूल कङ्ग्रेसका विधायक सव्यसाची दत्त भोलि भारतीय जनता पार्टीमा सामेल हुनेछन्। उनी राजारहाट-न्युटाउनका सिटिङ एमएलए हुन् भने विधाननगर नगर निगमका पूर्व मेयर पनि हुन्। दत्तले भोलि तृणमूल कङ्ग्रेस त्यागेर भाजपाका राष्ट्रिय अध्यक्ष एवं गृहमन्त्री अमित शाहको हातबाट भाजपाको झण्डा ग्रहण गर्नेछन्।

भोलि कोलकाताको नेताजी इण्डोर स्टेडियममा अमित शाहको कार्यक्रम छ। यसै कार्यक्रममा सव्यसाची दत्त आधिकारिक रूपमा भाजपामा सामेल हुनेछ। यसको पुष्टि उनी स्वयंले गरेका हुन्।

उक्त स्टेडियममा बेलुकी 5 :30 देखि 6 :30 बजेसम्म प्रदेशका पदाधिकारी, सांसद, विधायक, जिल्लाध्याक्ष एवं पर्यवेक्षकहरूसँग शाहले बैठक गर्नेछन्, जसमा सव्यसाची दत्त पनि सामेल नरहेछन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here