सौरमण्डलबाहिरको ग्रहमा पृथ्वीमा जस्तै पानी र वातावरण

0
1590
साभार-इन्टरनेट

खगोलविद्हरू सौरमण्डलबाहिर एक ग्रहमा पानी खोज्न सफल भएका छन्। जानकारीहरूका अनुसार उक्त ग्रहको वातावरणमा पानी पाइएको हो। तापमान पनि हाम्रो ग्रहसँग मिल्दोजुल्दो छ। यसैले पनि उक्त ग्रहमा जीवन सम्भव रहेको अनुमान गरिँदैछ।

‘नेचर एस्ट्रोनमी’ जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार K2-18b यस्तो पहिलो ज्ञात ग्रह हो, जसमा पानी र पृथ्वीजस्तो तापमान दुवै पाइएको छ। पानी र पृथ्वीजस्तै तापमान पाइएकोले पनि K2-18b-मा जीवन सम्भव रहेको अनुमान गरिएको हो।

जानकारीका अनुसार K2-18b ग्रहको द्रव्यमान यद्यपि पृथ्वीभन्दा आठ गुणा ज्यादा छ। शोधकर्ताहरूका अनुसार K2-18b ग्रह पृथ्वीभन्दा 110 प्रकाश वर्ष टाढ़ा लियो तारामण्डलमा अवस्थित छ।

खगोलविद्हरूका अनुसार यो ग्रहमा पानीको अस्तित्व तरल रूपमा पनि हुनसक्छ। यति मात्र होइन जलवाष्पको निशानीले यसको वातावरणमा हाइड्रोजन र हिलियम पनि हुनसक्ने सङ्केत पाइएको बताइँदैछ।

यसका साथै  K2-18b-को वातावरणमा नाइट्रोजन र मिथेन हुनसक्ने सङ्केत पनि पाइएको छ। उल्लेखनीय छ, 2015 मा नासाको केपलर अन्तरिक्षयानले K2-18b खोजेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here