टी एड्भाइजेरी बोर्डको बैठक, पारित प्रस्तावहरू लाभदायक हुने विनयलाई आशा

0
1240
विनय तामाङ (फाइल फोटो)।

दार्जीलिङ, २ अक्टोबर : मङ्गलवार कोलकातामा टी एड्भाइजेरी बोर्डको एक सभा बसिएको गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले एक प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका छन्।

राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशअनुसार बसिएको उक्त बैठकमा चियाश्रमिकहरूको बोनस, मिनिमम् वेजेस, पर्जापट्टा रोजगारलगायत चियाबारीका मानिसहरूको आर्थिक, सामाजिक, शैक्षिक तथा सर्वाङ्गीन विकासका विषयहरूमाथि विशद् छलफल भएको तामाङले दाबी गरेका छन्।

उक्त बैठकमा पूजा बोनस, मिनिमम् वेजेस एक्ट, पर्जापट्टासँगै चियाबारीका मेधावी विद्यार्थीहरूलाई सरकारी छात्रवृत्ति प्रदान गरिने, चियाबारीहरूमा निःशुल्क उपचार शिविर तथा औषधिहरू वितरण गरिने, चियाकमानहरूमा पर्यटन व्यवस्था प्रमोट गर्न चालक प्रशिक्षण योजना, होम स्टे ईको टुरिज्म, हस्पिट्यालिटी आधि क्षेत्रमा चियाबारीका युवतीहरूलाई अग्रसर गराइने, चियाबारीका बेरोजगार युवाहरूलाई चियाबारीमै डाटा इन्ट्री ओपरेटर्स एवं कार्यालयहरूमा नियुक्त गरिने, विभिन्न सहुलियतहरूसँगै चियाबारीवासीहरूलाई होम केयर सर्भिस शुरु गरिने, दुर्लभ जातिका चियागाछहरूको खेती गरिने आधि विषयमा छलफल भएको उनले बताएका छन्।

‘उक्त सभामा पारित गरिएका प्रस्ताव एवं चर्चा-परिचर्चाहरूले भावी दिनमा चियाबारी एवं चियाबारीका हाम्रा मानिसहरूलाई धेरै सुविधा प्रदान गर्ने तथा लाभदायक सिद्ध हुनेछ भन्ने मलाई लागेको छ’, विनय तामाङले थप भनेका छन्, ‘उक्त सराहनीय पहलका लागि मुख्यमन्त्री ममता ब्यानर्जीप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here