सिलगढ़ी, 2 अक्टोबर : राजस्व गुप्तचर निर्देशालय (डीआरआई)-ले 6 किलो 5 सय 41 ग्राम अफिससहित दुई कश्मिरीलाई पक्राउ गरेको छ। डीआरआईका पदाधिकारीहरूले प्रधाननगर थानाअन्तर्गत चम्पासरी क्षेत्रमा असम नम्बरको एक वाहनमा तलाशी अभियान चलाएर अफिससहित अमरजीत सिंह र ज्योति शर्मालाई पक्राउ गरेका हुन्। दुवै कश्मीरनिवासी रहेको बताइएको छ।
जफत गरिएको अफिसको मूल्य करिब 19 लाख 63 हजार 300 आँकिएको छ। उक्त अफिसलाई झोलामा लुकाएर राखिएको थियो।
डीआरआईका वकिल रतन बानिकका अनुसार यी दुवै एएस 01 एफसी 3382 नम्बरको वाहनमा सवार थिए। असमबाट आइरहेका उनीहरूलाई डीआरआईका अधिकारीहरूले रोकेर वाहनमा तलाशी गर्दा एउटा झोलामा लुकाएर राखिएको अफिसका प्याकेटहरू बरामद गरे।
पक्रा परेका दुवै आरोपीले उक्त अफिम असमबाट किनेर कश्मीर लगिरहेको स्वीकारेका छन्। उनका अनुसार आज दुवै आरोपीलाई एसजेएम अदालतमा उभ्याइएको थियो। यद्यपि सरकारी विदाको कारण आज विषेश अदालत बन्द रहेकोले भोलि फेरि प्रस्तुत गर्ने आदेश दिएको छ।