विमल गुरुङ र राजु विष्टद्वारा शहीद सुवास थापालाई श्रद्धाञ्जली

0
1123
श्रीनगरमा शहीद थापालाई सलामी दिँदै सेनाका अधिकारीहरू। (फोटो-एएनआई ट्विटर)

खरसाङ, १२ अक्टोबर : शुक्रवार बिहान पाक सेनाको गोलीबारीमा शहीद भएका नाइक सुवास थापाप्रति गोर्खा जनमुक्ति मोर्चा पहिलो खेमाका अध्यक्ष विमल गुरुङले श्रद्धाञ्जली अर्पण गरेका छन्।

शनिवार एक प्रेस विज्ञप्ति जारी गरी गुरुङले शहीद थापाप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।उल्लेखनीय छ, 3/5 गोर्खा रेजिमेण्टका नाइक सुवास थापा रजौरी जिल्लाको नौशेरा सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोलीबारीमा शहीद भएका थिए। उनी अप्पर बाघडुग्रास्थित पानीघट्टा मोडनिवासी हुन्।

विज्ञप्तिमा गुरुङले भनेका छन्, ‘देशको सेवामा सर्वोच्च बलिदान दिनु भारतीय गोर्खाहरूका लागि कुनै नौलो कुरा होइन भन्ने प्रमाण फेरि एकपटक शहीद सुवास थापाको बलिदानले दिएको छ।  चाड़बाड़को माहोलमा यस्तो दु:खद खबरले उनका परिवारमा कस्तो परिवेश सृजना गरेको होला भन्ने कुरा हामी सहजै अनुमान लगाउन सक्छौं। हामी यस दुःखद घड़ीमा शहीद सुवास थापाको परिवारको साथमा छौं भन्ने जानकारी गराउन चाहन्छौं। ईश्वरले उनको परिवारलाई सहनशक्ति प्रदान गरुन् भन्दै पवित्र आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दछौं।

अर्कोतिर सांसद राजु विष्टले पनि शहीद थापाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले आफ्नो फेसबुक पेजमा शहीद थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै भनेका छन्, /५ गोर्खा राइफल्सका जवान सुवास थापा शहीद बनेको खबर सुनेर म अत्यन्त दुखित छु। यस कठिन घड़ीमा म शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्छु। यसका साथै उनले भारत स्वाधीन भए यता प्रतिवर्ष देशको सुरक्षार्थ गोर्खाले बलिदान दिँदै आइरहेको बताएका छन्।

देश स्वतन्त्र भए यता गोर्खा जवानले देशका लागि आफ्नो प्राणको बलिदान नदिएको एकै वर्ष पनि छैन, सांसद विष्टले भनेका छन्। यसका साथै उनले देशका लागि आफ्नो प्राणको बलिदान दिने सुवास थापाजस्ता जवानहरूकै कारण आज हाम्रो देश सुरक्षित रहेको पनि बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here