जयपुर, १३ अक्टोबर : जयपुरमा एक महिलाले एकैसाथ पाँच नानी जन्माएकी छन्। यद्यपि एक शिशु मृत जन्मेको थियो। अस्पताल प्रशासनका अनुसार तीन शिशुलाई निगरानीमा राखिएको छ, जबकि एक शिशु अहिले भेण्टिलेटरमा छ।
जयपुरको साङ्नेरनिवासी रूखसानाले जनाना अस्पतालमा शनिवार बिहान ८.३० बजे पाँचजना नानी जन्माएकी हुन्। ती महिला पूर्ण रूपले स्वस्थ रहेको अस्पतालकी अधीक्षक डा. लता राजौरियाले बताएकी छन्। उनका अनुसार एक शिशु मृत जन्मेको थियो। रहल चार शिशुलाई एनआईसीयूमा राखिएको थियो, जसमध्ये एक शिशुलाई भेण्टिलेटरमा राखिएको छ।
डा. लताका अनुसार समयभन्दा अघि नै जन्मेको कारण सबै शिशुको ओजन कम्ती छ। यसैले पनि सबै शिशुलाई अहिले निगरानीमा राखिएको हो। उनका अनुसार दुई छोरी, दुई छोरा जन्मेका छन्। मृत शिशु छोरो रहेको पनि उनले बताइन्।
डा. लताका अनुसार सबै शिशुको ओजन १ देखि १.४ किलोबीच छ। जसको कारण पनि डाक्टरहरूले यी शिशुहरूलाई गहन निगरानीमा राखेका छन्।