एरियर एकैचोटि दिनुपर्ने एचपीडब्ल्यूयूको माग, चढ़ायो डीटीएलाई ज्ञापन

0
1112
डीटीएमा ज्ञापन चढ़ाउन गएको एचपीडब्ल्यूयूका प्रतिनिधिहरू।

दार्जीलिङ, ३१ अक्टोबर : एरियरको पैसा प्रति महिना गरी दिने मालिकपक्षको निर्णयलाई गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) –को श्रमिक सङ्गठन हिमालयन प्लान्टेशन लेबर युनियन (एचपीडब्ल्यूयू) -ले तीखो शब्दमा निन्दा गर्दै श्रमिकहरूले एकैपटकमा एरियर पाउनुपर्ने माग गरेको छ।

एचपीडब्ल्यूयूले योसँगै अन्य मागलाई लिएर मङ्गलवार दार्जीलिङ टी एसोसिएशन (डीटीए) -मा ज्ञापन चढ़ाएको छ।
ज्ञापनमा धोत्रे र कलेजभेल्ली चियाकमान नयाँ मालिकले लिएमा दुवै चियाकमानका श्रमिकहरूलाई यथावत राखिनुपर्ने, एकैजना श्रमिकलाई पनि छटाइ गर्न नपाइने माग राखेको छ। यसका साथै श्रमिकहरूको दैनिक रोज दुईपटक बढ़ी सक्दा पनि सबस्टाफहरूको दैनिक रोज एकैपटक पनि बढ़्न नसकेकोले यसप्रति डीटीएले गम्भीरतासँग पहल गर्नुपर्ने माग पनि ज्ञापनमा गरिएको छ।
डीटीएलाई ज्ञापन चढ़ाउन जानअघि एचपीडब्ल्यूयूको सभा यसका अध्यक्ष जेबी तामाङो अध्यक्षतामा बसिएको थियो। सभामा चियाश्रमिकहरूसम्बन्धित विभिन्न समस्याहरूबारे चर्चा परिचर्चा गरिएको थियो।
यसअवसरमा अध्यक्ष जेबी तामाङलगायत डीके गुरुङ, एसके लामा, एके देवान, जर्ज गुरुङ, पदम थामी, राजु सुब्बा र धनराज राई तथा अन्य उपस्थित थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here