दार्जीलिङ, 21 अक्टोबर : आइतवार जम्मू-कश्मीरमा शहीद भएका हवल्दार पदमबहादुर श्रेष्ठ असमनिवासी हुन्। जानकारीका अनुसार शहीद श्रेष्ठ असमको गोलाघाट जिल्लास्थित हातिघुलीनिवासी हुन्।
उल्लेखनीय छ, हिजो बिहानै कुपवाड़ा जिल्लाको तङ्गधार सेक्टरमा पाक सेनाले गरेको गोलीबारीमा गोर्ख रेजिमेन्टका हवलदार श्रेष्ठसँगै राइफलम्यान गमिल कुमार श्रेष्ठ शहीद भएका थिए। राइफलम्यान गमिल कुमार श्रेष्ठ नेपालनिवासी रहेको बताइएको छ।
अर्कोतिर जानकारीका अनुसार पदमबहादुर श्रेष्ठ 2001 मा भारतीय सेनामा भर्ती भएका थिए। उनले आफूपछि आमा-बाबा, पत्नी तथा दुई छोरी र एक छोरा छोड़िगएका छन्। जानकारीका अनुसार श्रेष्ठ पछिल्लो जुलाई महिनामा छुट्टीमा आएका थिए।