बोनस विवादले पूर्व डुवर्सको तोर्सा चियाकमान बन्द

0
955
सोमबारदेखि बन्द भएको तोर्सा चियाकमान।

सिलगढ़ी, २१ अक्टोबर : बोनस विवादको कारण अलिपुरद्वार जिल्लाअन्तर्गत पर्ने  पूर्व डुवर्सको तोर्सा चियाकमान सोमवारदेखि बन्द भएको छ। जानकारीका अनुसार  कुनै सूचनाबिनै कमान बन्द गरेर प्रबन्धकपक्ष चम्पट कसेको छ।

आज बिहानै सधैँ झै श्रमिकहरू मेलोमा पुग्दा कमान बन्द गरेर प्रबन्धकपक्ष भागेका थाह पाएपछि नै यो चियाकमान बन्द भएको खुलासा भएको हो। राति नै कमान बन्द गरेर प्रबन्धकपक्ष भागेको बताइएको छ।

जानकारीका अनुसार यसपालि तराई-डुवर्सका चियाकमानहरूका लागि सहमति बनेको १८.५ प्रतिशतक बोनस दिन तोर्सा चियाकमानका मालिकपक्ष राजी थिएन। मालिकपक्षले केवल ८.५ प्रतिशतको बोनस दिने अड़ान राखेपछि यो चियाकमानमा विवाद चुलिएको थियो। सहमतिविपरीत मालिकपक्षकै अड़ानकै कारण यस चियाकमानका श्रमिकहरूले दशैंअघि बोनस नपाएको पनि बताइएको छ।

आज चियाकमान बन्द भएको थाह पाएपछि श्रमिकहरू आक्रोशित भएका छन्। बोनस दिनको सट्टा उल्टै कमान बन्द गरेर चम्पट कसेको विरोधमा आक्रोशित चियाश्रमिकहरूले हाइवेसमेत बन्द गरेको पनि बताइएको छ।

जानकारीका अनुसार स्टाफ-सबस्टाफ र लेबर गरी यस चियाकमानमा करिब सात सय श्रमिक कार्यरत् छन्। आजदेखि कमान बन्द भएपछि उनीहरू बिचल्लीमा परेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here